चैत्र १८, २०७३ प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शीर्ष नेताहरुसँग आज सामूहिक छलफल गर्दैहुनुहुन्छ । स्थानीय तह निर्वाचनका लागि सहमतिको पहल स्वरुप प्रधानमन्त्रीले मोर्चा नेताहरुँंग छलफल गर्न लाग्नुभएको हो । राजधानीको वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा अपरान्ह हुने छलफलमा वैशाख ३१ गते घोषित स्थानीय तह निर्वाचनमा मधेशी मोर्चालाई पनि ल्याउन प्रधानमन्त्रीले अधिकतम पहल गर्नुहुने उहाँको नीजि सचिवालयले जनाएको छ । संविधान संशोधन विद्येयकमा सिमाङकन वाहेक अन्य विषयमा प्रमुख प्रतिपक्षी एमाले पनि सकारात्मक रहेकाले प्रधानमन्त्रीले सहमतिको पहल स्वरुप छलफल थाल्नुभएको हो । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले समेत अधिकारसम्पन्न शक्तिशाली आयोग बनाउने प्रतिवद्धता जनाएर निर्वाचनमा जान सकिने जनाउ दिएको छ । यद्यपि ठोस निर्णय भने गरिसकेको छैन । मोर्चालाई सरकार बाहिर राखेर गरिने निर्वाचनले अर्थ नराख्नेमा अधिकांश दल सहमत भएपनि सहमतिको ठोस विकल्प भने दिन सकेका छैनन् । प्रधानमन्त्री पुष्पकमल दाहाल चीन जानु अघि समेत सत्तारुढ माओवादी केन्द्रले सिमाङकनको विषयलाई थाँती राखेर अन्य विषयमा छलफल अघिी बढाउने निर्णय गरेको थियो । -कान्तिपुर समाचार