२०७३ चैत्र १६ – रत्नराज्य लक्ष्मी क्याम्पस(आर आर) को स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुका तपेन्द्र शाहीको पुरै टीम विजयी भएको छ ।
शाहीले ६ सय ९९ मत ल्याइ वियजी भएका हुन् । निकटतम प्रतिद्वन्दी नेबि संघका उत्तम साउदले ३६७ मत प्राप्त गरेका छन भने माके निकटको क्रान्तिकारी ले जम्मा ५३ मत प्राप्त गरेको छ।
त्यस्तै सचिवमा नारायण शर्माले ६ सय ९६, कोषाध्यक्ष संगमप्रसाद देवकोटोले ७ सय १० मत ल्याई विजयी भएका छन् । त्यस्तै सदस्यमा दिनेश बजगाई, सुनिता धिताल, जनक शाही, श्यामबहादुर विक, उर्वशीसिंह नेपाली, दिपक खतिवडा, मदन भण्डारी, उज्जल न्यौपाने निर्वाचित भएका हुन् ।
१२ सय ७६ मत खसेकोमा सबै भन्दा बढी मतसहित नेविसंघ दोस्रो स्थानमा आएको छ । समानुपातिकतर्फ अनेरास्ववियुको ७ सय ७७ मत प्राप्त गरेको छ ।
अनेरास्ववियुका सचिव आरसी लामिछानेले विरोधका बावजुट पनि चुनाव हुन सकेकाेमा खुसी व्यक्त गरे । ‘अनेक अवरोध पन्छाएर आरआरले स्ववियुको नयाँ नेतृत्व पाएको छ ।’ उनले भने । आरआरमा स्थापनाकालदेखि अनेरास्ववियुले जित्दै आएको छ ।