images
images

कटारीमा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल(NABUN)को पहिलो पालिका भेला सम्पन्न, दुर्गा कार्कीको अध्यक्षतामा समिति गठन

कटारी /राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (NABUN) को पहिलो पालिकास्तरीय भेला शनिबार कटारी नगरपालिकामा सम्पन्न भएको छ।

जिफन्ट अन्तर्गत आबद्ध ल्बद्यग्ल् को यो भेला जिफन्ट कटारी अध्यक्ष सन्त ब। तामाङको अध्यक्षता तथा जिफन्ट राष्ट्रिय सदस्य माया भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले श्रद्धा व्यटिपार्लरका संचालक दुर्गा कार्कीको अध्यक्षतामा सौन्दर्यकर्मी युनियन नेपाल कटारी पालिका समिति गठन गरेको छ। समितिमा सम्झना तामाङ उपाध्यक्ष, लाल कुमारी सुनुवार सचिव, मधु रपाल सहसचिव र गोपी तामाङ आर्थिक सचिव चयन भएका छन्।

अन्य सदस्यहरूमा सम्झना प्रधान, गीता दयाल, सर्मीला कुमारी बिक, रेगिना थापा मगर, अञ्जना खत्री र पुनम थापा मगर छन् भने श्याम कुमारी राई र सुनिता रपाल सल्लाहकारमा मनोनित भएका छन्।

कार्यक्रममा सहभागी वक्ताहरूले सौन्दर्यकर्मीहरूको हकहित, पेशागत मर्यादा, सामाजिक सुरक्षा तथा अधिकारका पक्षमा संस्थागत रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिए। नवगठित समितिले स्थानीय सौन्दर्य व्यवसायीहरूको आवाज बुलन्द गर्ने विश्वास व्यक्त गरिएको छ।