images
images

चौथो कटारी नगर मेयरकप व्याडमिन्टनको उपाधि प्रधान र तामाङको जोडीलाई

कटारी /उदयपुरको कटारीमा आयोजित चौथो नगर मेयर कप व्याडमिन्टन प्रतियोगिताको उपाधि दिपक प्रधान र कमल तामाङको जोडीले चुमेको छ। कटारी कभर्डहलमा सम्पन्न ३ दिने ‘ मेयर व्याडमिन्टन प्रतियोगिता २०८२’ मा ए डिभिजनतर्फ प्रधान र तामागंको जोडीले उपाधि चुमेको हो।

व्याडमिन्टन प्यान्स क्लब नेपाल कटारी ४ उदयपुरको आयोजना तथा कटारी नगरपालिकाको सहयोगमा बिहीबार सुरु गरेर शनिबार सम्पन्न प्रतियोगितामा बी डिभिजनतर्फ राजु राई र शिव कार्कीको जोडी प्रथम बनेको छ। प्रतियोगितामा ए डिभिजनतर्फ दोस्रो स्थान राज कुमार थापा र कमल बजगाईको जोडीले पायो भने बी डिभिजनतर्फ संतोष बराल र पंकज केसीको जोडीले पाएको छ।

प्रतियोगितामा बिजेता ए डिभिजन प्रथम,लाइ नगद रु ३ हजार साथै शिल्ड ,मेडल र प्रमाण पत्र दोस्रो हुनेलाई नगद रु २ हजार साथै शिल्ड मेडल र प्रमाणपत्र र तेस्रो स्थान पाउने जोडीलाई सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।यस्तै बि डिभिजन ए डिभिजन प्रथम,लाइ नगद रु ३ हजार साथै शिल्ड ,मेडल र प्रमाण पत्र दोस्रो हुनेलाई नगद रु २ हजार साथै शिल्ड मेडल र प्रमाणपत्र र तेस्रो स्थान पाउने जोडीलाई सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ भने सि डिभिजन प्रथम र द्धितियलाई,लाइ नगद रु १ हजार साथै शिल्ड ,मेडल र प्रमाण पत्र र तेस्रो स्थान पाउने जोडीलाई सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको नगर खेलकुद विकास समितीका उपाध्यक्ष राजकुमार थापाले जानकारी दिनु भयो ।

शनिबार आयोजित समापन समारोहमा विजेता खेलाडीहरुलाई र्राष्ट्रिय खेलकुद परिषद सदस्य तथा कार्यक्रमका प्रमुख अतिथी प्रयास कार्कीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो।