
कटारी । उदयपुरको कटारी नगरपालिका–२ स्थित गराँस नारायणी सामुदायिक वनमा घाँस काट्ने क्रममा जंगली भालुको आक्रमणबाट एक महिला घाइते भएकी छिन्।
सोमबार बिहान करिब ८ः४० बजेको समयमा घाँस काट्न गएकी स्थानीय ४६ वर्षीया पंचमाया तामाङमाथि अचानक भालुले आक्रमण गरेको हो। भालुको आक्रमणबाट तामाङको शरीरको विभिन्न भागमा चोटपटक लागेको कटारी अस्पतालले जनाएको छ ।
घाईते लाई कटारी अस्पतालमा उपचार पश्चात अहिले घर पठाइएको कटारी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर गौरव शाहले जानकारी दिनु भयो ।