images
images

दनुवार जागरण समिति उदयपुरको अध्यक्षमा कृष्णराज दनुवार चयन

कटारी \दनुवार जागरण समिति उदयपुर जिल्लाको दोस्रो अधिवेशनले कृष्णराज दनुवारको अध्यक्षतामा १५ सदस्यीय नयाँ समिति चयन गरेको छ। प्रमुख अतिथि कोशी प्रदेश उपसभामुख सृजना दनुवार र विशिष्ट अतिथि दनुवार जागरण केन्द्रीय समितिका अध्यक्ष रामकुमार सिंह दनुवार रहेको जिल्ला भेलाले सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
प्रमुख अतिथी सृजना दनुवारले दनुवार समुदायको एकता र साझा पहिचानको महत्त्वमा जोड दिँदै, हरेक क्षेत्रमा समुदायको प्रगति र समृद्धिका लागि एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनु भयो । उहा्ँले विविधतालाई एकतामा परिणत गर्न दनुवार जागरण समाजको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो

नव निर्वाचित अध्यक्ष कृष्णराज दनुवारले दनुवार जातिको हक र अधिकारको संरक्षणका लागि प्रतिबद्धता व्यक्त गर्दै, जातीय संस्कार र संस्कृति जोगाउनका लागि समितिले सक्रिय भूमिका खेल्ने बताउनु भयो । उहा्ँलेआगामी समितिको कार्यकाललाई प्रभावकारी र परिणाममुखी बनाउन सबैको सहकार्यको अपेक्षा रहेको बताउनु भयो ।​
यस अधिवेशनले दनुवार समुदायको सामाजिक, सांस्कृतिक र राजनीतिक उत्थानमा नयाँ दिशा र ऊर्जा थप्ने विश्वास व्यक्त गरिएको छ।