
कटारी|उदयपुरको कटारी नगरपालिका र सिरहाको धनगढीमाई नगरपालिका जोडिने सडक कालोपत्रे तथा स्तरउन्नती हुने भएको छ । आज प्रतिनिधीसभा सदस्य अम्बर बहादुर रायमाझीले सडक कालोपत्रेको शिल्यान्यास गर्नु भएको हो ।
भिष्म निमार्ण सेवाले ठेक्का पाएको भोर्ले सर्रे आम्बास सडक कालोपत्रे योजना भौतिक पुर्वाधार तथा योजना मन्त्रालय अन्तर्गत १ करोड ६ लाखको बजेटमा मा असार मसान्त सम्म सम्पन्न हुनेछ ।
शिल्यान्यास कार्यक्रममा बोल्दै रायमाझीले यो सडक निमार्ण सगै अन्य विकासका कामहरु पनि हुने तथा स्थानीयहरुलाई पनि सहज हुने बताउनु भयो । उहाँले आफू सदैव जनताको साथमा रहने र यो सडक पनि जनताको चाहना अनुसार निमार्ण भएको बताउनु भयो ।
कटारी वडा नम्बर ५ का वडा अध्यक्ष मोहन तामार्गले सिरहा धनगढीमाई नगरपालिकाको सिमानामा रहेका कटारीका नगरवासीलाई सहज हुने र आफ्रनै नगरपालिका आईपुग्न अनेकौ असहजता सहेका नगरबासीलाई सहज हुने बताउनु भयो । उहाँले धनगढीमाई १४ का वडाध्यक्ष अमित ठकुरी र स्थानीय संगको छलफल पछि गत बर्ष आफै लागेर बाटोको ट्रयाक खोलेको र यस बर्ष कालोपत्रे बन्न लागेले खुशि व्यतm गर्नु भयो ।
तामार्गले उक्त सडकले दुई प्रदेश जोड्ने भएकाले यसले प्रदेशको भावानात्मक सम्बन्ध समेत सुमधुर हुने बताउनुभयो ।
यस्तै कार्यपालिका सदस्य हेमा विकले अन्तरजिल्ला जोड्ने छोटो दुरीको बाटो भएकोले सवै लाई सहज हुने त्रताउनु भयो ।
कटारी वडा नम्बर ६ संग सिमाना जोडिएका गाउँहरुमा , विजुली , स्वास्थ्य , संञ्चार र शिक्षाका लागि कुनै पनि विकासका पुर्वाधार हुन कठिन भएकोमा सडक विस्तार सगै अन्य विकास पनि हुने विश्वास सरोकारवालाहरुले गरेका छन् ।