कटारी /प्रहरीले हिजो कटारी नगरपालिका वडा नं. ४ खानेपानी ट्याङ्की नजिकबाट ३५ दशमलव ८ सय ५० किलोग्राम प्रतिबन्धित लागुऔषध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले आहालेबाट कटारी बजार तर्फ आउँदै गरेको प्रदेश २–०१००१ ह ११२६ नम्बरको अटोमा बोरामा पोको पारेर ल्याउँदै गरेको गाँजा सहित अटो चालक कटारी नगरपालिका वडा नं. ५ बस्ने बर्ष २९ को प्रेम बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।
गाँजा ओसारपसारमा प्रयोग भएको उक्त अटो समेत प्रहरीले नियन्त्रणमा लिईएको छ । पक्राउ परेका श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय कटारीमा राखी थप अनुसन्धान भईरहेको छ ।