
निर्देशक कृष्ण पौडेलको निर्देशनमा हिमाल सागर र अनु चौधरीको स्वरमा रहेको यो मन बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भवसागर ईन्टरटेनमेन्ट युट्युब च्यानलमा सोमबार भिडियो सार्वजनिक भएको हो ।
नेपाली गीत संगित क्षेत्रमा चर्चा कमाएका हिमाल सागर र अनु चौधरीको यो नयाँ गीत हो । सन्तोष दाहालको शव्दमा विशाल निरौलाले संगित भरेको गीतमा विमल अधिकारी र अस्मि थापाले अभिनय गरेका छन् । कटारीका पौडेल पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा व्यस्त छन् ।