images
images

मावि मरुवाको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पौडेल निर्वाचित

कटारी/कटारी ४ स्थित मावि मरुवाको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा लक्ष्मण पौडेल निर्वाचित भएका छन्। आज बसेको विधालयको अभिभावक भेलाबाट पौडेल सर्वसम्मत अध्यक्ष चयन भएका हुन। समितिको सदस्यहरुमा शोभा कार्की,लिला खत्री,दिपा देवी खत्री, पुूस्कर परियार र भिम बहादुर कटुवाल चयन भएका छन् ।
कार्यक्रममा बोल्दै नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले भने, “हामी सदैव शैक्षिक विकासको पक्षमा खडा रहने छौं। नगरपालिका स्तरबाट विद्यालयको गुणस्तर सुधारका लागि आवश्यक सबै पहल गर्ने छौं।” नगर प्रमुखले विद्यालयमा गुणस्तरीय शिक्षा उपलब्ध गराउने प्रति प्रतिबद्धता जनाएका छन्।
त्यसैगरी समितिका अध्यक्ष लक्ष्मण पौडेलले आगामी दिनहरूमा विद्यालयमा शैक्षिक सुधार, शिक्षक प्रशिक्षण र विद्यार्थीहरूको समग्र विकासका लागि काम गर्ने घोषणा गरे।
विधालयका पुर्व विधार्थी समेत रहेका पौडेलले विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन र विद्यार्थीहरूको शैक्षिक स्तरमा वृद्धि गर्न योगदान दिने प्रतिवद्धता जनाएका छन्। उनका अनुसार, विद्यालयको समग्र शैक्षिक वातावरणलाई सुधार्नका लागि उनको प्राथमिकता रहनेछ।

यसै गरी विधालयको शिक्षक अभिभावक संघको अध्यक्षमा रविन कार्की सर्व सम्मत चयन भएका हुन् ।