images
images

कटारीकाे सवैभन्दा पुरानाे र महत्वपूर्ण त्रिवेणी (मैनी) मेला सुरू

कटारी / कटारी नगरपालिका वडा नम्बर २ खोक्सामा ऐतिहासिक , धार्मिक तथा साँस्कृतिक महत्व बोकेको त्रिवेणी (मैनी) मेला आज देखि सुरु भएको छ । परापूर्वकालदेखि नै लाग्दै आएको यो मेला शसस्त्र द्वन्दकाल अघि एक महिना लाग्ने गर्दथ्यो ।
माघेसंक्रान्तिदेखि एकमहिना लाग्ने भएकाले यस मेलालाई महिने मेला हुँद मैनी मेला भन्ने गरिन्थ्यो । द्वन्दपछी भने १५ दिन लाग्दै आएको यो मेला यस वर्ष भने २० दिन लाग्नेछ ।
कमला , तावा र ककरु खोलाको संगमस्थल त्रिवेणीमा लाग्ने भएकाले मैनी मेलाबाट यो मेलालाई त्रिवेणी मेला भन्न थालिएको हो । यहाँ माघ महिनाभरी मकर नुहाई भाकल गरे अनुसारको पशुपंक्षी वलिदिई पुजा आराधना गर्नाले चिताएको पुग्ने जनविश्वासका साथ लाखौंको संख्यामा भक्तजनहरु आउने गरेका छन् । आज पनि विहानैदेखि त्रिवेणीघाटमा मकर नुहाई भाकल गरे अनुसारको पशुपंक्षी वलि दिई पुजा आराधना गर्ने क्रम सुरु भएको मेला व्यवस्थापक सन्तबहादुर तामाङ्गले बताउनुभयो ।
यो मेला यस क्षेत्रकै सवैभन्दा लामो समय लाग्ने र पुरानो मेला हाे । परापूर्वकालदेखि नै लाग्दै आएकाले यो मेला कहिले देखि लाग्न थाल्यो भन्ने यकिन छैन् ।
विगतमा यो मेला पहाड र मधेस जोड्ने सेतुका रुपमा परिचित थियो । पहाडका उत्पादन यहाँसम्म ढाकरबाट ल्याईन्थ्यो , र यहाँबाट नुन , भाँडाकुँडा , लत्ताकपडा , मरमसला किनेर पहाड लैजाने गरेको बुढापाकाहरु वताउँछन् । पहाड सकिएर मधेस सुरु हुने भित्री मधेसमा रहेकाले पनि यो मेलाले पहाड र मधेसलाई जोड्ने गरेको थियो । सिन्धुलीको दुधौली नगरपालिकाको सिमासँगै जोडिएको यस मेला वागमती प्रदेश , मधेस प्रदेश र कोशी प्रदेशको सिमामा लाग्दै आएको छ ।
सवारी साधन संञ्चालनका लागि सिरहाको मिर्चैया देखि कटारीसम्म सडक नबन्दा नै यो मेला चर्चित मेला थियो । पाँच दशकअघि सिरहाको वन्दिपुरबाट कमला खोलैखोला मधेस र भारतबाट यस मेलामा पैदल व्यापारीहरु आउने गरेको बुढापाकाहरु बताउँछन् । पहाडी जिल्ला ओखलढुंगा , खोटाङ्ग , सोलुखुम्बुबाट त्यहाँको पहाडे आलु , भोटे कुकुर , भेडाको उनबाट निर्मित राढिपाखी ढाकरमा लिएर पैदल आउनेहरुको माघ महिनामा लर्को नै लाग्ने गरेको ईतिहास छ ।
पहाडमा त्यतिबेला नुन , भाँडाकुँढा , लत्ताकपडा खाँचो हुन्थ्यो । उक्त सामाग्रीहरु खरिद गर्न उनीहरु पहाडका उत्पादन लिएर आउँथे । मधेसका व्यापारीहरुले पहाडका उत्पादन मधेसमा लगेर विक्री गर्दथे । त्यतिवेला मेलाको मूख्य आकर्षणमा पहाडका भोटे कुकुर बेच्ने , पहाडी उत्पादन साथै प्रतियोगिताको रुपमा घोडा दौड रहने गरेको थियाे ।
चारदशक अघिदेखि विस्तारै सडक संञ्जाल कटारीहुँदै पहाडसम्म पैmलियो । त्यसपछी भने मेलाको आकर्षण हराउन थालेपनि मेला भने यथावत रह्यो । यहाँ कोशी प्रदेश , वागमती प्रदेश , मधेस प्रदेशका साथै भारतबाट समेत मेला घुम्न , पुजा आराधना गर्न आउने गरेको छन् ।
यस वर्षपनि , लत्ताकपडा , भाँडाकुँडा स्थानीय उत्पादन , विभिन्न जात जातिको परिकार लगायतका सामाग्रीको विक्री वितरण भईरहेको छ । त्यसैगरी मनोरञ्जनात्मक खेलहरु संञ्चालनमा छ ।