
गाईघाट/ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उदयपुरको अध्यक्षमा रन्जु दनुवार निर्वाचित हुनुभएको छ । शनिबार त्रियुगा नगरपालिकाको वहेडवा थारु होमस्टेमा सम्पन्न पाँचौ जिल्ला अधिवेसनबाट दनुवार अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
अन्य पदाधिकारी तथा सदस्य , परिषद सदस्यहरु सर्वसम्मत भएपनि अध्यक्षमा भने निर्वाचन भएको थियो । अध्यक्षमा बुद्धि चाम्लिङ्ग राई र दनुवारवीच भएको निर्वाचनमा राईले १७ मत प्राप्त गर्दा दनुवारले २२ मत ल्याउँदै निर्वाचित हुनुभएको हो । निर्वाचन मण्डलका संयोजक पत्रकार सेनानी कौशल चेम्जोङ्गका अनुसार उपाध्यक्षमा मनोज श्रेष्ठ , सचिवमा विक्रम राई , सह सचिवमा विजय राई , कोषाध्यक्षमा आकाश वलम्पाकी मगर सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा नयनराज राई , हिरा राई , संरक्षक राई , अरुणा तामाङ्ग , भावना राई , योवन राई र प्रविन राई चयन भएका छन् । त्यसैगरी केन्द्रीय परिषद सदस्यहरुमा टेकराज रिखाम मगर , भाष्कर चौधरी , शंकर रिखाम मगर , जयन्तीकला तामाङ्ग ,यमुना आलेमगर , विन्द्रकुमार राई , संञ्जिव चौधरी , उर्मिला दनुवार र ईश्वर वलम्पाकी मगर चयन भएका छन् ।
त्यस्तै प्रदेश परिषद सदस्यमा सिंह वहादुर राई , तोषल राई , अमित तामाङ्ग , संञ्चार किराती , अरुण दोभान राई , सन्तोषीकला तामाङ्ग , देवराज राई , रमिला दनुवार , जयराम पूर्वाछाने र निशान ताम्राकार चयन भएका छन् ।