images
images

दनुवार काईलाद्वारा मावि मरुवालाई चकटी सहयोग

कटारी / विभिन्न विद्यालयहरुका विद्यार्थीहरुलाई पोशाक तथा सामाग्रीहरु सहयोग गर्दै आउनुभएका कटारी ४ का समाजसेवी खर्कबहादुर दनुवार दनुवार काईलाले आज कटारी वडा नम्बर ४ स्थित माध्यमिक विद्यालय मरुवालाई ८० थान चकटी सहयोग हस्तान्तरण गर्नुभयो । जाडो महिनामा चिसोमा वसेर पढ्नु पर्ने वालवालिकाहरुलाई चिसोबाट बचाउन न्यायो चकटी सहयोग हस्तान्तरण गरेको दनुवारले बताउनुभयो ।
दनुवारको श्रीमति सुकुमाया दनुवार सहित विद्यालय परिसरमा एक कार्यक्रमकावीच सहयोग हस्तान्तरण गरिएको थियो । चकटी वितरण गर्दै समाजसेवी दनुवारले आफुले कुनै स्वर्थ नराखि विद्यालयहरुलाई सहयोग गर्दै आएको बताउनुभयो ।
त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र थापाले सहयोगको लागि धन्यवाद दिनुभयो । विद्यालयका प्रधानाध्यापक चुणामणी भन्डारीले चकटीले वालवालिकाहरुको पठन पाठनका क्रममा लाग्ने चिसोबाट जोगाउन सकिने बताउनुभयो । कार्यक्रमको अवसरमा विद्यालयका विद्यालय व्यवस्थापन समिति तथा विद्यालय परिवारले दनुवारलाई सम्मान समेत गरेको थियो ।
दनुवारले हालसम्म कटारीकै मयाँखु , वेतेनी , हलेदे , तित्रिबोट , बलिया , चिम्टाघारीको विद्यालयमा पोशाक सहयोग गरिसक्नुभएको छ । शिक्षा जस्तो विषयमा कसैले पोशाक नभएकै कारण विद्यालय आउने अवसर गुमाउनु नपरोस भनेर सहयोग गरेको दनुवारको भनाई छ । त्यस्तै सिम्लेको स्कूलमा पंखा सहयोग गरेको पनि दनुवारले बताउनुभयो ।