
कटारी / स्वर्गिक मार्ग संघ नगर समिति कटारीको आयोजनामा कटारीको विभिन्न वडाहरुमा आमश उपचार शिविर संञ्चालन भएको छ । आमश शिविर उदयपुर क्षेत्रका संयोजक सरिता श्रेष्ठका अनुसार हिजोदेखि कटारी , ३ च्याँगामा शिविर जारी छ ।
७ दिवसीय शिविर यस अघि कटारीको , ४ , ६ र ७ नम्बर वडामा सम्पन्न भईसकेको छ । आजदेखि कटारीको १२ नम्बर वडामा पनि शिविर सुरु गरिएको छ । सम्बन्धित वडा कार्यालयहरुको सहयोगमा शिविर संञ्चालन भईरहेको संयोजक श्रेष्ठले बताउनुभयो ।
परिवर्तन संघ उदयपुरको सह आयोजनामा जारी शिविरमा विभिन्न ९ किसिमका रोगहरुको आत्मा , मन र शरिरको उपचार गरिने पनि श्रेष्ठले बताउनुभयो ।