images
images

आईएमईकी अभिकर्ता शर्मिलालाई दोस्रो पटक एमडिआरटीको सदस्य वन्ने अवसर

कटारी / कटारी –७, की शर्मिला कार्की लामिछानेले बीमा क्षेत्रमा उत्कृष्ट सफलता प्राप्त गर्दै सन् २०२५ का लागि मिलियन डलर राउण्ड टेबल (एमडिआरटी) को सदस्यता बन्ने अवसर प्राप्त गर्नुभएको छ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी कटारी शाखाका अभिकर्ता शर्मिलाले १२७ भन्दा बढी बीमा पोलिसी बिक्री गरेर यो उपलब्धि प्राप्त गर्नुभएको हो ।
एमडिआरटी, विश्वव्यापी वित्तीय सल्लाहकारहरूको साझा संगठन हो, जहाँ सदस्यता प्राप्त गर्न २०२४ को जनवरी १ देखि डिसेम्बर ३१ सम्ममा ४६ लाख ९२ हजार ९०० रुपैयाँ बीमा शुल्क आर्जन गर्नुपर्दछ। शर्मिलाले, उक्त लक्ष्य पूरा गरेर नेपालको बीमा क्षेत्रलाई अन्तर्राष्ट्रिय मञ्चमा पहिचान दिलाउनुभएको हो ।
शर्मिला कार्की लामिछानेले पारिवारिक जिम्मेवारी र व्यावसायिक उत्कृष्टतालाई सँगै लिएर बीमा क्षेत्रमा ऐतिहासिक सफलता हासिल गर्नुभएको छ। हालसम्म ४२६ भन्दा बढी बीमा पोलिसी बिक्री गर्दै उहाँले २०२३ मा एमडीआरटी बन्नुभएको थियो। २०२५ मा पुनः १२७ पोलिसी बिक्री गरेर दोश्रो पटक एमडीआरटीको सम्मान प्राप्त गर्नुभएको हो ।
उहाँको मेहनत र उहाँका श्रीमान् रामबहादुर कार्कीको सहयोगले सफलता सम्भव भएको शर्मिलाको भनाई छ । शर्मिलाले रेमिटेन्स व्यवसाय, ग्लोबल आइएमई बैंकको शाखा रहित सेवा सञ्चालन, र गाउँमै किराना पसल व्यवस्थापन गर्दै समाजमा वित्तीय सचेतना फैलाउनुभएको छ। उहाँका विचारमा, “बीमा व्यवसाय केवल आर्थिक लाभका लागि होइन, यो समाजसेवाको एउटा उत्कृष्ट माध्यम हो। बीमितहरूको सन्तुष्टि नै मेरो मुख्य उद्देश्य हो।”उहाँले भन्नुभयो ।
एमडीआरटी बन्नु एक सम्मान रहेको र यसले जिम्मेवारी र सेवा प्रति अझ बढी कटिबद्ध बनाएको उहाँले बताउनुभयो । शर्मिलाले हालसम्म ४२६ भन्दा बढी बीमा पोलिसी बिक्री गर्दै परिवारहरूको वित्तीय सुरक्षामा योगदान दिनुभएको छ।
न्यूनतम ५० हजार रुपैयाँको विमान्क देखि माथिका बीमाहरूको विक्रीमार्फत उहाँले विभिन्न स्तरका परिवारहरूको आर्थिक सुरक्षा सुनिश्चित गर्नुभएको छ। कटारी शाखाका प्रमुख राज कार्कीले शर्मिलाको सफलता कटारी शाखाका लागि प्रेरणादायक भएको बताउनुभयो। उहाँले भन्नुभयो, “शर्मिलाको यो यात्रा केवल व्यक्तिगत सफलता मात्र होइन, यसले हामी सबैलाई गर्वको अनुभूति गराएको छ।
शाखाले उहाँको योगदानलाई उच्च सम्मानका साथ लिन्छ र आगामी दिनहरूमा पनि उहाँलाई सबै प्रकारको सहयोग गर्ने वाचा गर्दछ। ” शाखा प्रमुख कार्कीले भन्नुभयो, “शाखाको एक साधारण अभिकर्ताबाट सुरु भएको यो यात्रा आज अन्तर्राष्ट्रिय मञ्चमा कटारी शाखाको पहिचान बनाउन सफल भएको छ। यो हाम्रो लागि मात्र होइन, सम्पूर्ण बीमा क्षेत्रमा उत्कृष्ट उदाहरण हो।”