
कटारी / पछिल्लो समय राई समुदायको बसोवास रहेको विभिन्न चोकहरुमा चिन्डोको प्रतिमा प्रशस्त निर्माण भएको देखिन्छ । राईहरुले पवित्र स्थल साकेला थानमा चिन्डोको प्रतिमा अनिवार्य जस्तै निर्माण गरेकाछन् ।
राईहरुको संस्कार संस्कृतिमाअनिवार्य मानिएको चिन्डोभने पाउन छोडिएको छ । तराई क्षेत्रमा चिन्डो नफल्ने भएकाले राई समुदायले यसको प्रयोग समेत गर्न छोडेका छन् । “चिन्डो त दुर्लभ नै भईसक्यो नि हाम्रो लागि त । ”उदयपुरको कटारीमा रहेर राई समुदायको संस्कार संस्कृतिको संरक्षणमा लाग्नुभएका कर्ण राईले भन्नुभयो । “हामीले धजुरी पेजुरीमा लाउने सानो चिन्डो धरानबाट मगायौं , त्यो चिन्डो पनि चाईनाबाटआउँछ रे ।”
राई समुदायको संस्कार संस्कृतिकाअध्ययता शुभराज राईले चिन्डो ओखलढु¨ा , खोटाङ् जस्ता पहाडी जिल्लामा फल्ने गरेको बताउनुभयो । “त्यता पनि अहिले प्रशस्त फलाउन छोडिसके । ”उहाँले भन्नुभयो ।“यसको राई समुदायमा ठूलो महत्व छ ।”
उहाँकाअनुसार राईहरुको जन्म , न्वारान , विवाहा र मृत्यु जस्ताअनिवार्य संस्कारमा यो आवश्यक छ । चिन्डोलाई राईहरुले वाबुक , स्वालेवा , खारेवा समेत भन्ने गरेकाछन् । प्रतिमाहरुमा बनाईएको गाँडे चिन्डो विशेष गरी पुजापाठ तथा कोशेली वोक्ने प्रचलनमा प्रयोग हुने गरेको थियो ।
त्यसकाअलावा सुलुक्क परेको चिन्डो भने संस्कार गर्दा समुदायको नछु¨÷नाक्सो अर्थात कुलपुजारीहरुले प्रयोग गर्छन् । तराई क्षेत्रमाचिन्डो पाउन छोडेपछी विवाहा प्रयोजनमा कलिया/कल्लेले चिन्डोको ठाउँमा सिसाका वोतलहरु प्रयोग गर्न थालेका छन् ।
विशेष गरी देवाली/खाउमो , न्वागी जस्ता अनिवार्य पितृ कार्यका लागि गाउँगाउँमा खोजेर चिन्डोको व्यवस्थागर्नुपर्ने अवस्था छ ।
राई समुदायकाछोरी चेलीले बुनेर माईतीलाई दिने र छातीमाझुण्डाइने शुद्धताको प्रतिकधजुरी पेचुरी देखि जन्म , मृत्यु संस्कार सम्मअनिवार्य मानिएको चिन्डो पाउन छोडिएको हो । चिन्डो पाउन छोडिए पछी प्रयोग पनि घट्दो छ ।