
पुल नभएपछी हिउँदमा पनि समस्या रहेकाे कटारी ,४ काे मरूवाखाेलाकाे ह्युमपाईप
कटारी / कटारी नगरपालिकामा कोशी प्रदेश सरकारको लगानीमा दुई पक्की पुल निर्माण हुने भएको छ । नगरपालिकाको सवैभन्दा पुरानो सडक मार्गमा पर्ने कटारी वडा नम्बर ४ को जहडी र तित्रिबोट जोड्ने मरुवाखोला र कटारी वडा नम्बर ५ को तीनतले र वडा नम्बर ६ को चुहाड जोड्ने तावा खोलामा पक्की पुल निर्माण हुने भएको हो ।
कोशी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको लगानीमा मरुवा खोलामा ११ करोड र तावाखोलामा १७ करोडको लागतमा पुल वन्न लागेको हो । “लागत स्टिमेट तयार गरी वातावरणीय अध्ययन प्रतिवेदनको काम भईरहेको छ ।”प्रदेश सरकारका पूर्व उद्योग कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले भन्नुभयो ,“यस क्षेत्रको सवैभन्दा समस्यामा रहेका क्षेत्रमा पुल निर्माणको काम थालेका हौं ।”
कटारी बजारबाट जहडी–तित्रिबोट–गबुवा–हुँदै पहाडी भेग जाने पुरानो सडकमा पुल नहुँदा समस्या थियो ।“वर्षामा विद्यार्थीहरु कटारी पढ्न आउन र विरामी एम्बुलेन्समा ल्याउन पनि समस्या थियो ।”कटारी , ४ का वडाध्यक्ष भूपेन्द्रसिंह तामा¨ले भन्नुभयो ,“लामो समयको समस्या पछी प्रदेश सरकारबाट पुल निर्माणको काम सुरु भएको छ ।”
यहाँ पुल बनेपछी कटारी नगरपालिकाको माथिल्लाे पहाडी वडाहरुका अलावा सिन्धुलीको दुधौली नगरपालिकाका पूर्वी भेगका ग्रामिण समुदायका स्थानीय लाभान्वित हुनेछन् । त्यसैगरी कटारी , ५ को तीनतले र ६ को चुहाड जोड्ने तावा खोलामा पक्की पुल नहुँदा समस्या थियो । पुल निर्माणका लागि लामो समयको पहल पश्चात प्रदेश सरकारबाट काम सुरु भएको वडा नम्बर ६ का अध्यक्ष प्रेमबहादुर मगरले बताउनुभयो ।
पुल निर्माणका लागि पूर्वाधार विकास मन्त्रालय मार्पmत पूर्वाधार कार्यालय उदयपुरले काम थालेको हो । पुल निर्माणको काम सुरुभएपछी स्थानीय हर्षित भएका छन् ।