images
images

कटारीको कब्रस्थानलाई आवश्यक सहयोग गर्ने पूर्व प्रदेश मन्त्री खत्रीको प्रतिवद्धता

कटारी / कोशी प्रदेशका पूर्व कृषि उद्योग तथा सहकारी मन्त्री प्रदेश सभा सदस्य रामकुमार खत्रीले कटारी , ३ स्थित मस्लिम समुदायको मृत्यु संस्कार गर्ने स्थान कब्रस्थानलाई आवश्यक सहयोग गर्ने बताउनुभएको छ । प्रदेश सभा सदस्य खत्रीले कब्रस्थानमा यसै वर्ष निर्माण भएका संरचनाहरुको अवलोकन गर्दै यस्तो बताउनुभएको हो ।
मुस्लिम समुदायले कब्रस्थानका बाँकी अधुरा संरचनाहरु र आवश्यक सहयोग गर्न आग्रह गरेका थिए । कटारीका मुस्लिम समुदायको समस्या र गुनासोहरु सुन्दै खत्रीले प्रदेश सरकारबाट आगामी वर्ष कब्रस्थानका लागि आवश्यक सहयोग गर्ने बताउनुभएको हो ।
कटारी ३ गत वर्षको नगरपालिकाको बजेटबाट मुस्लिम समुदायले कब्रस्थान निर्माण गरेका हुन् । उनीहरुले यहाँ मृत्युसंस्कार पछि नमाज पढ्ने गरेका छन् । वडाध्यक्ष पुष्कर खड्का सहितले कब्रस्थानको अवस्थाका वारेमा अवलोकन गरेका थिए ।