images
images

बाटो बनेछी जगदेश्वरी गुफा जान सहज

कटारी/ कटारी नगरपालिका वडा नम्बर १ खसिबास स्थित धार्मिकस्थल जगदेश्वरी महादेव गुफा जाने बाटो निर्माण भएपछी आउजाउमा सहज भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत गतवर्ष ६ लाख १८ हजार र वडा कार्यालयको १ लाखको लगानीमा महादेव गुफा जाने बाटोको देउरालीसम्म वाटो निर्माण गरिएको हो ।
निर्माण समिति तथा मेला व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर तामाङ्गका अनुसार यस वर्ष वालाचर्तुदर्शीको अवसरमा पुजा आराधना गर्न आउने भक्तजनहरुलाई गुफा पुग्न सहज भएको हो । मोटरसाईकल र साना सवारीमा देउराली सम्म र त्यहाँबाट आधाघण्टा पैदल हिंडेपछी गुफा पुगिन्छ ।
यस अघि खसिबास देखि डेढघण्टा पैदल हिनेपछी गुफा पुगिन्थ्यो । बालाचर्तुदशीको अवसरमा खसिबासमा मेला पनि लागेको छ । वालाचर्तुदशीमा कटारी नगरपालिका र आसपासका स्थानीय तहहरुबाट दर्शनार्थी आएको पनि अध्यक्ष तामाङ्गले बताउनुभयो ।
यहाँ पुजा आराधना गर्नाले चिताएको पुग्ने जनविश्वास रहेको स्थानीयहरु वताउँछन् । प्राकृतिक रुपमै पृथक यस गुफा र अन्य वाटोहरुमा पनि श्रमदानबाट आउजाउमा सहज बनाउन काठको साँघुहरु वनाईएको छ ।