कटारी/ कटारी , ४ उदयपुरमा स्थापना भएको एभरेष्ट कलेज अफ मल्टिपल स्टडिज प्रालिले पठन पाठन सुरुवात गरेको छ । कलेजको हिजो एक कार्यक्रमका वीच उदघाटन गरिएको थियो । कलेजको उदघाटन गर्दै प्रमुख अतिथि कोशी प्रदेश सरकारका पूर्व उद्योग कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले कलेजले यस क्षेत्रमा एउटा शैक्षिक आयाम थपेको बताउनुभयो ।
बीबीए अध्ययन गर्न यहिवाट पाउनु कटारीका लागि शिक्षा क्षेत्रमा थप ईटा थपिएको पनि प्रदेस सभा सदस्य खत्रीले वताउनुभयो । कटारी नगरपालिकाका उपमेयर गिता खड्का , वडाध्यक्ष भूपेन्द्र सिंह तामाङ्ग , ३ नम्बरका वडाध्यक्ष पुष्कर खड्का तथा सरोकारवालाहरुको उपस्थितिमा कलेजको उदघाटन गरिएको थियो ।
कलेजलाई राजर्षिजनक विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालय जनकपुरले सम्वन्धन प्रदान गरेको थियो । सम्बन्धन प्राप्त भएसँगै एभरेष्ट कलेजले यसै शैक्षिक सत्रदेखि व्यवस्थापन संकाय अन्र्तगत ४ वर्षे बिबिए Bachelor of Business Administration BBA अध्ययन अध्यापन सुरु गरेको छ ।
कलेजका संञ्चालक डाक्टर दिपेश परसैलाले यहि आईतबार देखि नियमित पठन पाठन सुरु हुने बताउनुभयो । कटारीमै सस्तो र शुलभ तरिकाले गुणस्तरीय शिक्षा प्रदान गरिने भएकाले सवै विद्यार्थीहरुलाई यो अवसर नगुमाउन पनि कलेजले आग्रह गरेको छ ।
अन्य सहरहरुमा विविए पढ्न जाँदा लाग्ने खर्च अव घरमै वसेर पढ्न पाउँदा कम हुने पनि संञ्चालक डा.परसैलाले वताउनुभयो ।