कटारी / कर प्रणालीको सार , लगानीको आधार भन्ने नाराका साथ कटारीमा १३ औं राष्ट्रिय कर दिवशको अवसरमा जारी मंसिर १ देखि ७ गतेसम्मको कर सप्ताहाको कार्यक्रम कटारीमा पनि सम्पन्न भएको छ । करदाता सेवा कार्यालय उदयपुरको आयोजना तथा कटारी च्याम्बर अफ कमर्स , उदयपुर उद्योग वाणिज्य संघ , जिल्ला उद्योग वाणिज्य संघको समन्वयमा नगरपालिकाको हलमा कार्यक्रम सम्पन्न भएको हो ।
करदाता शिक्षा तथा अन्र्तकृया कार्यक्रमलाई सम्बोधन गर्दै कटारी नगरपालिकाका प्रमुख मेयर राजेशचन्द्र श्रेष्ठले तल्लो तहसम्म कर सम्बन्धि कार्यक्रम पुराउनुपर्ने बताउनुभयो । करको दायरामा जान चाहाँदा चाहाँदै पनि व्यवसायीहरु जान नसकेकोले सवैलाई करको दायरामा ल्याउन नगरपालिका लाग्ने बताउनुभयो ।
त्यसैगरी विशेष अतिथि ईलाका प्रशासन कार्यालय कटारीका प्रमुख कोपिला थुलुङ्ग राईले आफुलाई आवश्यक नपरेसम्म कानुनी कामका बारेमा जानकारी नलिने प्रवृद्धि रहेको बताउनुभयो । उहाँले वित्तिय साक्षरता कार्यक्रम संञ्चालन गर्नुपर्ने बताउनुभयो ।
त्यसैगरी कार्यक्रमका सभापति आन्तरिक राजश्य कार्यालय लहानका प्रमुख भीमप्रसाद काप्mलेले कानुन जानेको छैन भनेर करको दायराबाट भाग्न नसक्ने बताउनुभयो । कर र कालले कसैलाई पनि नछोड्ने बताउँदै कर शिक्षा बारे विद्यालय स्तरबाटै अध्ययन हुन आवश्यक रहेको बताउनुभयो ।
कटारी च्याम्बरका अध्यक्ष पवन श्रेष्ठले सहिजकरण तथा संञ्चालन गर्नुभएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक कमल वजगाईले यो कार्यक्रम सुरक्षाकर्मीहरुका लागि पनि महत्वपूर्ण रहेको बताउनुभएको थियो । कार्यक्रममा सुरक्षाकर्मीहरु , व्यापारी व्यवसायीहरु , वैंकका प्रतिनिधिहरु सहभागी थिए ।
वैंकहरुका तर्पmबाट वोल्दै ज्योति विकास वैंक कटारीका प्रवन्धक राम आचार्यले वित्तिय साक्षरता कार्यक्रम संञ्चालन गर्न पनि वाणिज्य संघ र च्याम्बरलाई आग्रह गर्नुभयो । कार्यक्रममा सहभागीहरुले कर सम्वन्धि विभिन्न प्रश्नहरु राखेका थिए ।