images
images

कटारीमा प्रदेश उपसभामुखको उपस्थितिमा मनाईयो बड्की

कटारी / कोशी प्रदेश सभाका उपसभामुख सिर्जना दनुवारले दनुवार भित्रको विविधतालाई एकरुपतामा ल्याउनुपर्ने बताउनुभएको छ । आज उदयपुरको कटारीमा दनुवार जागरण समाजले पहिलो पटक आयोजना गरेको दनुवार समुदायको ठूलो पर्व बड्की एकादशीको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उपसभामुख दनुवारले यस्तो बताउनुभएको हो ।
उपसभामुख दनुवारले देशभरी छरिएर रहेका दनुवारहरुमा एकरुपता नहुँदा सिमान्तकृत , अल्पसंख्यक वन्नुपरेको बताउनुभयो । “सरकारले रेडियो नेपालबाट भर्खरै दनुवार भाषामा समाचार प्रशारण आरम्भ गरेको छ तर त्यहाँ पनि एकरुपता नहुँदा समस्या छ ।”उहाँले भन्नुभयो , “विविधतालाई एकरुपतामा ल्याउन दनुवार जागरण समाजले पहल गर्नुपर्छ ।”
त्यसैगरी कार्यक्रममै वोल्दै कोशी प्रदेश सभाका सदस्य तथा पूर्व कृषि उद्योग तथा सहकारी मन्त्री रामकुमार खत्रीले दनुवार समुदायका युवाहरुलाई शिक्षासँगै सिप क्षमताको विकास गर्नुपर्ने वताउनुभयो । उहाँले जिल्लामा दनुवार संग्रहालय निर्माणका लागि प्रदेश सकारकाले आगामी बजेटबाट सम्बोधन गर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।
भmुनेलाल कुमर दनुवारको सभापतित्वमा सम्पन्न कार्यक्रममा दनुवार जागरण समाजका पूर्व केन्द्रीय सदस्य लिला अधिकारी दनुवारले दनुवार जातिको वर्तमान आर्थिक , सामाजिक र सास्कृतिक अवस्थाका विषयमा जानकारी गराउनुभएको थियो । जिल्लामा पहिलो पटक एकादशीको अवसरमा वृहत कार्यक्रम आयोजना गरिएको समाजका पूर्व केन्द्रीय सदस्य वैजनाथ अधिकारी दनुवारले बताउनुभयो ।
त्यसैगरी सिन्धुलीको दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी दनुवार र उपमेयर चन्द्रकिशोर थारुले दनुवार समुदायको विकासका लागि तीनै तहको सरकारले सहयोग गर्नुपर्ने बताएका थिए । दनुवार स्वायत्त क्षेत्र निर्माण गरी विकास गर्नुपर्ने मेयर अधिकारी दनुवारको भनाई थियो ।
कार्यक्रममा भेषभुषामा सजिएरका दनुवारहरुले कटारी बजार परिक्रमा गरेका थिए । त्यसैगरी दनुवार समुदायका कलाकारहरु गायक नरेश जोगी , गायिका समिक्षा चौधरी कोरियोग्राफर प्रदिप रसाईली लगायतले प्रस्तुती दिएर मनोरञ्जन दिलाएका थिए । हरिबोधनी एकादशीका दिन दनुवार समुदायले ठूलो पर्वका रुपमा बड्की एकादशी मनाउने गरेका छन् ।