
कटारी / उदयपुरको कटारी नगरपालिका वडा नम्बर ४ मा सम्पन्न तेस्रो गबुवा खुल्ला नकाउट फुटबल प्रतियोगिताको उपाधि शाका फुटबल क्लव , कटारीले कब्जा गरकेो छ । आज सम्पन्न फाईनलमा कटारी , २ को गराँस फुटबल क्लवलाई ० का विरुद्ध ४ गोल गर्दै शाकाले उपाधि कब्जा गरेका हो ।
उपाधिसँगै शाकाले नगद ७७ हजार ७ सय ७७ , ट्रफी , मेडल र प्रमाण पत्र हात पार्दा उपविजेता गराँसले नगद ५५ हजार , ५ सय ५५ का साथमा ट्रफी , मेडल र प्रमाण पत्रमा चित्त बुझायो । गबुवा स्पोर्टस क्लवको आयोजनामा सम्पन्न प्रतियोगिताको फाईनलमा शाकाका लागि अनिश राईले २ , धनजित धिमालले १ र प्रताप राईले १ गोल गरे ।
खेलको म्यान अफ द म्याच शाकाका अनिश राई घोषित भए । खेलको उत्कृष्ट खेलाडी गराँसका अयुब राई घोषित हुँदा उत्कृष्ट गोल रक्षक शाकाका समिर बमजन घोषित भए । खेलको सर्वाधिक गोलकर्ता ४ गोल गर्दै शलेस युवा समूह कटारी ५ का सुजित अधिकारी घोािषत भए ।
५ कार्तिक देखि सुरु प्रतियोगितामा उदयपुर र सिन्धुलीका १० टिमले प्रतिष्पर्धा गरेका थिए । विजयी तथा पुरस्कृत खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि कोशी प्रदेशका निवर्तमान मन्त्री यस क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य रामकुमार खत्रीले पुरस्कार वितरण गर्नुभयो ।
सभालाई सम्बोधन गर्दै खत्रीले फुटकल खेल मध्येकै उत्कृष्ट खेल भएकाले यसको माध्यमबाट यस क्षेत्रलाई चिनाउन सकेकोमा सवैलाई धन्यवाद दिनुभयो । प्रतियोगिताको समापन गर्दैै क्लवका अध्यक्ष अभिषेक विश्वकर्माले प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सवैलाई धन्यवाद दिनुभयो ।