images
images

कृष्ण पौडेलको निर्देशनमा दसै आयो गीत सार्वजनिक (भिडियो सहित)

कटारी / निर्देशक कृष्ण पौडेलको निर्देशनमा दसैं गीतको भिडियो सार्वजनिक भएको छ । जी मिडिया कनेक्कसन युट्युब च्यानलबाट पौडेल निर्देशित आयो दसैं वोलको गीतको भिडियो र गीत सार्वजनिक गरिएको हो ।
गायक हिमाल सागर र गायिका मनिषा सुनारको स्वरमा दसैं गीत सार्वजनिक गरिएको हो । सन्तोष दाहालको शव्दमा रहेको गीतको संगित विशाल निरौलाले दिएका छन् । नविन बुढाथोकी र मिस पवीले म्युजिक भिडियोमा अभिनय गरेका छन् ।
म्युजिक भिडियो तथा चलचित्र निर्देशनमा लामो समयको अनुभव भएका निर्देशक पौडेलले वडादसैंलाई केन्द्रित गरेर गीत सार्वजनिक गरिएको बताउनुभयो ।