
कटारी / कटारी नगरपालिका वडा नम्बर १० सोरुङ्गछविसेमा गएको भदौ २० मा भएको आमा छोराको हत्या गर्ने अभियुक्तलाई आज प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज (शुक्रबार) वडा कार्यालय नजिकै किराना पसल गरी वस्ने ३८ वर्षिया आमा निर्मला थापा र ६ वर्षिया छोरा आरुस थापाको हत्या गर्ने सोरुङ्गछविसेकै ३२ वर्षिय ताराबहादुर थापा मगरलाई सार्वजनिक गरेको हो ।
घटनापश्चात जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजन चापागाईको टोली सोरुङ्गछविसेमै वसेर अनुसन्धान गरेको थियो । “अनुसन्धानपछी विहिबार मात्रै उहाँहरु पmर्किनुभएको हो । ”जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक हरिहरनाथ योगीले भन्नुभयो ,“अभियुक्त मगर र मृतक महिलावीचमा पुरानै सम्वन्ध रहेछ ।”
उपरीक्षक योगीका अनुसार घटना भएको राति अभियुक्त मगर महिलाको पसल रहेको सुतेको स्थानमा पुगेका थिए । त्यसपछी यौन सम्वन्ध राख्न खोज्दा मृतक महिलाले सम्बन्ध वारे अरुले थाहा पाएकाले आफुलाई स्विकार गर्नुपर्ने भनेपछी विवाद भएको थियो ।स्विकार नगरे सम्वन्ध राख्न नदिने अडानमा महिला पुगेपछी रिसको झोंकमा अभियुक्तले खुकुरी प्रहार गरेका थिए ।
अभियुक्तले घरबाट नै खुकुरी बोकेर गएका थिए । आपसी विवाद भएपछी पटक पटक खुकुरी प्रहार गरेको र सोही क्रममा सुतिरहेका छोरा आरुस उठेर कराउन थालेपछी छोरालाई पनि खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
“प्रारम्भिक अनुसन्धान मात्रै हो आज हामीले ७ दिनको म्याद थपेर थप अनुसन्धान थालेका छौं ।”उपरीक्षक योगीले भन्नुभयो ,“घटनापश्चात अभियुक्तले प्रयोग गरेको खुकुरी , मृतक महिलाको मोबाईल , अभियुक्तले घटनापश्चात नजिकैको खोलामा धोएर सुकाएको हाफपाईन्ट पनि नियन्त्रणमा लिएका छौं ।”
प्रहरीका अनुसार घटना पश्चात घर गएका अभियुक्त विहान घटनापश्चात घटनास्थलमा पनि आएका थिए । कटारी अस्पत्तालमा शव पोष्टमार्टमका समयमा पनि स्थानीयसँग आएको र दाहसंस्कारमा समेत उपस्थित भएकाले तत्काल शंका गर्नुभन्दा पनि आवश्यक प्रमाण पुराउन समय लागेको अनुसन्धानमा खटिएका प्रहरी नायब उपरीक्षक राजन चापागाईले बताउनुभयो । मृतक महिलाका श्रीमान अशोक थापा तीनवर्ष अघि नै कान्छी श्रीमति लिएर भारत तिर गएका थिए ।
अभियुक्त मगर स्थानीय नै हुन् । उनको श्रीमति , एक छोरा र छोरी पनि छन् । अवैध सम्बन्धकै कारण घटना घटेको पाईएको वडाध्यक्ष क्षेत्रबहादुर खड्काले बताउनुभयो । अभियुक्त गाउँमा आप्mनै बोलेरो , र ट्याक्टर चलाउने व्यवसायी थिए । घटना कटारी बजारबाट ३२ किलोमिटर उत्तरपहाडी भेगमा घटेको थियो ।