कटारी/ कटारीमा जारी युनिक रिप्रिजेन्ट डान्स च्याम्पियन २०८१ को मेघा अडिसन राउण्ड आज सकिएको छ । कटारी स्थित युनिक डी थ्री डान्स स्टुडियोको आयोजनामा जारी मेघा अडिसनमा आज ३२ सहभागीले प्रस्तुति दिएका थिए ।
जसमध्ये २७ जना आगामी राउण्डका लागि छनौट भएका छन् । ५ जनाको च्याम्पियन वन्ने यात्रा यस पटकको लागि यहि सकिएको छ । प्रतियोगिताको निर्णायक समेत रहनुभएका स्टुडियोका संञ्चालक नृत्य निर्देश एल एक्स वस्यालले आगामी राउण्डबाट १५ जना अघि बढ्ने बताउनुभयो ।
कटारी स्थित स्टुडियोमा सम्पन्न मेघा अडिसनका लागि कटारी र गाईघाट आसपासका प्रतियोगीहरुले आप्mनो नृत्यहरु प्रस्तुत गरेका थिए । अडिसनमा नृत्य निर्देशक कृष्चिङ्ग लामा र राजन रसाईली समेत निर्णायक रहेका थिए ।
च्याम्पियनले नगद ५० हजारका साथमा म्युजिक भिडियोमा अभिनय गर्ने मौका पाउनेछन् । विभिन्न राउण्डमा प्रस्तुत नृृत्यहरु स्टुडियोले छाँयाकन गरी सामाजिक संञ्जाल मार्पmत पनि स्थान दिने गरेको छ ।
प्रतिभाहरुलाई स्थान दिई विश्वभर पुराउने उद्येश्यले प्रतियोगिताको आयोजना गरिएको निर्देश वस्यालले बताउनुभयो । आप्mनै प्रयासमा स्टुडियोले च्याम्पियन गरिरहेको छ । च्याम्पियनको उदघोषण आर जे सञ्जु राउतले गरिरहनुभएको छ ।