कटारी/ मिथिला समाज कटारीको आयोजनामा आज कटारीमा पनि हरितालिका तीज धुमधामका साथ मनाईएको छ । समाजका अध्यक्ष सुरेन्द्र जयसवालका अनुसार विगतमा जस्तै यस वर्ष पनि समाजले कटारी बजारको शिव मन्दिरसँगै तीज विशेष कार्यक्रमहरु गरिरहेको छ ।
मन्दिर परिसरमा मुर्तीहरु निर्माण गरी पुजा आराधनको व्यवस्था समाजले गरेको हो । त्यसैगरी प्राँगणमा मनोरञ्जनात्मक कार्यक्रमहरु गरिएको थियो । आज विहानदेखि तीज विशेष कार्यक्रम सुरु भएको हो ।
कार्यक्रम अन्र्तगत भोलि विहान ७ बजे कलश यात्रा निकालिनेछ । त्यसैगरी दिउँसो गणेश पुजा हवन गरिनेछ भने भोलि साँझ साँस्कृतिक कार्यक्रम गर्दै तिज समाज गरिने पनि समाजका अध्यक्ष जयसवालले बताउनुभयो ।
तिज मनाउन कटारी बजार आसपासबाट मन्दिर परिसरमा उल्लेख्य महिलाहरु पुगेका थिए । त्यहाँ बजेको गीतहरुमा रमाईलो गर्दै महिलाहरुले तीज मनाएका हुन् ।