कटारी / कटारी नगरपालिका वडा नम्बर १० सोरु¨छविसेको छविसेमा आमा छोराको हत्या भएको छ । वडा कार्यालय नजिकै किराना पसल गरी वस्ने अन्दाजी वर्ष ४० को निर्मला थापा र उनको छोरा अन्दाजी वर्ष ६ को आरुस थापाको आज (बिहिबार) विहान पसलमै शव भेटिएको हो ।
वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार विहान पसलमा आउने ग्राहकहरुले आमाछोराको शव देखेका थिए । “आमाको शव भुंईमा घोप्टो परेको र छोराको खाटमा रगतमा डुबेको अवस्थामा शव फेला परको हो ।”वडाध्यक्ष खड्काले भन्नुभयो ,“छोराको शवलाई हतियार प्रहार गरेको चोटहरु समेत देखिएको जानकारी आएको छ ।”
घटनास्थल पुग्नुभएका कटारी नगरपालिकाका कार्यापालिका सदस्य गिताकुमारी गिरीले अहिले प्रहरी चौकी वतासेबाट प्रहरी पुगेको र अनुसन्धान प्रकृया अघि बढेको बताउनुभयो । “प्रहरीहरु भर्खरै आईपुग्नु भएको छ , घटनास्थलमा आधा ढोका खुल्ला रहेकाले त्यहिंबाट शव देखेका मात्रै हौं ।”उहाँले भन्नुभयो , “विभत्स रुपमा गएराति नै हत्या गरिएको देखिएको छ । ”
ईलाका प्रहरी कँर्यालय कटारीका प्रहरी निरिक्षक उमेश महतोले विहानै घटनाको जानकारी आउनासाथ घटनास्थल तर्पm गईरहेको बताउनुभयो ,“पहाडको वाटो वर्षाको समय छ पैदल हिंडेर वतासेवाट प्रहरीहरु गईरहेका छन् हामी पनि वेतेनीबाट हिनेर जानुपर्ने हुनसक्छ ।”निरिक्षक महतोले भन्नभयो ,“घटनास्थल पुगेपछी थप अनुसन्धान गर्छाैं ।”
घटनास्थल कटारी बजारबाट ३२ किलोमिटर उत्तरपहाडी भेगमा पर्दछ । वडाध्यक्ष खड्काका अनुसार मृतक महिला निर्मला थापाका श्रीमान अशोक थापा दुईवर्ष अघि कान्छी श्रीमति लिएर भारततिर गएका थिए । “तीनसय मिटर जति पर मुलघर थियो गएराति चाहिं पसलमै वास वसेका रहेछन् त्यहिवेला घटना भएछ ।”
स्थानीय दिपक राउतले हिजोसाँझ ८ वजेसम्म मुलघरको देवरहरुसँग फोनमा कुरा भएको बताउनुभयो । “साना साना देवरहरु थिए उनीहरुलाई विहान आउँछौ भनेका थिए रे ,”राउतले भन्नुभयो ,“विहान घरमा खसि काट्ने सल्लाहा थियो रे राति नै यस्तो घटना घट्यो ।”
विहान घटना घटेको थाहा पाएपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए । हरितालिका तीज मनाउने समयमा गाउँमा घटना घटेपछी स्थानीयवासी शोकमा डुबेको पनि स्थानीय राउतले बताउनुभयो ।