हेटौंडा/ बागमती प्रदेशको उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय र मातहतका कार्यालय अव डिजिटलमा रुपान्तरण हुँदै छन् । प्रविधि मैत्रि समयमा सेवाग्राहीको सहजताका लागि मन्त्रालय र मातहतका कार्यालयहरुलाई डिजिटलमा रुपान्तर गर्ने कार्यको सुरुवात भएको छ ।
मन्त्रालयको स्थापना दिवशको अवसरमा आज बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुुकमाया तामाङले यसको सुरुवात गर्नु भएको हो । अव मन्त्रालयसँगै मन्त्रालय मातहतका कार्यालयहरु पनि डिजिटलमा जादै छन् ।
कार्यसम्पादन राम्रो होस् भनेर डिजिटल प्रविधिमा लैजान लागेको मन्त्री तामाङले बताउनु भयो । ‘यस मन्त्रालय र मन्त्रालय मातहतका कार्यालयहरुलाई पूर्ण डिजिटल बनाउने मेरो सपना हो,ु मन्त्री तामाङले भन्नु भयो– ‘प्रविधिको समयमा सेवाग्राहीको सहजताका लागि डिजिटलाईजको आवश्यक छ । ’
उद्योग मन्त्रालय र अन्तर्गतका सबै निकायलाई अनलाइन प्रणालीमा जोड्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयको स्थापना दिवसको अवसर पारेर यस कार्यको थालनी गरिएको हो । डिजिटल बोर्ड मार्फत नागरीकले सेवा प्राप्त गर्ने विषयको जानकारी पनि दिईने छ ।
डिजिटल बोर्डमा कार्यालयबाट दिईने सेवाका वारेमा पनि जानकारी गराईने छ । जसले गर्दा सेवाग्राहीलाई सेवा दिन सहज हुने मन्त्रालयले विश्वास लिएको छ । यो सगैँ अव मन्त्रालयले सेवाग्राहीको हितका लागि एसएमएस स्टिम, अनलाईन बाट कार्य सम्पादन जस्ता प्रविधिको पनि विकास गर्दै लैजाने मन्त्रालयका सचिव राजेन्द्र केसीले बताउनु भयो । मन्त्रालयले एक वर्ष पुरा गरेको अवसरमा कार्यक्रम गरिएको हो । कार्यक्रममा मन्त्रालयले एक वर्षमा गरेको गतिविधि डिजिटल प्रविधि मार्फत प्रस्तुत गरिएको थियो ।