पोखरा/आइ.एम.इ. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गण्डकी प्रदेश अन्तर्गत लेखनाथ शाखाको आयोजनामा कम्पनिको सातौँ बार्षिक उत्सबका अवसरमा “कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी” कार्यक्रम अन्तर्गत स्यानिटरी भेन्डिङ्ग मेसिन उपलब्ध गराएको छ।
कम्पनीका गण्डकी प्रदेश प्रमुख श्री कर्म राज पौडेलले एक कार्यक्रम बीच पोखरा महानगरपालिका -३० खुदीमा अवस्थित श्री त्रिभुवन शान्ति माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुको महिनावारीका कारण बिध्यालयमा भोग्नुपर्ने समस्यालाई न्युनिकरण गर्न उक्त मेसिन उपलब्ध गराइएको जानकारी दिए।
उक्त कार्यक्रममा वोल्दै उक्त बिध्यालयकी प्र.अ. श्री सोमत कुमारी लामिछानेले नेपालमा भर्खरै प्रचलनमा आएको अत्याधुनिक स्यानिटरी भेन्डिङ्ग मेसिन उपलब्ध गराएकोमा आई.एम.इ.लाइफ लाई धन्यवाद ब्यक्त गर्नुभयो।
एरिया ब्रान्च मेनेजर श्री कृष्ण पौडेलले संचालन गेरेको उक्त कार्यक्रममा MDRT कमला खत्री, MDRT मन बहादुर कुवँर, MDRT बिजय फुन्जालि र एजेन्सी मेनेजर श्री गंगा गुरुङ सहित १०० भन्दा बढी किसोरी छात्राहरुको सहभागिता रहेको थियो।