images
images

आई.एम.ई लाईफद्वारा प्रभातफेरी तथा रक्तदान कार्यक्रम सम्पन्न

पोखरा/आई.एम.ई लाईफ इन्स्योरेन्स क. लि. को ७ औँ वार्षिकोत्सवको अवसरमा कम्पनिले २०८१ श्रावण ३२ गते शुक्रबार बिहान प्रभातफेरी कार्यक्रम तथा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
सातौं वार्षिकोत्सवको अवसरमा सप्ताह ब्यापी कार्यक्रम संचालन संचालन गर्ने क्रममा आज बिहान सभागृह , चिप्लेढुङ्गा, महेन्द्र पुल, पृथ्बीचोक बाट पुन: सभागृह सम्म प्रभातफेरी कार्यक्रम संचालन भएको थियो भने त्यस पस्चात रक्तदान कार्यक्रम संचालन भएको थ प्रमुख अतिथी नेपाल बीमा प्राधिकरणका प्रदेश प्रमुख श्री केशब प्रसाद दाहालले रक्तदाता लाई “ब्लड ब्याग” हस्तान्तरण गरेर रक्तदान कार्यक्रमको औपचारिक रुपमा समुद्घाटन गर्नुभएको थियो।
जम्मा ४४ पोइन्ट रगत संकलन गर्न सफल उक्त कार्यक्रममा बिषेश अतिथि निप्स पोखरा च्याप्टरका अध्यक्ष श्री बद्रीनाथ पौडेलले शुभकामना मन्तव्य दिनुभएको थियो। प्रमुख अतिथी श्री केशब प्रसाद दाहालले बर्तमान समयमा स्थानीय स्तरमा ब्याप्त डेंगु रोगी र अन्य बिरामीको लागि रक्त अभाव भएको समयमा रक्तदान कार्यक्रम आयोजना गरेर आई.एम.इ. लाइफले पुन्य र पबित्र काम गरेकोमा बधाई तथा धन्यवाद ब्यक्त गर्नु भयो।
प्रदेश प्रमुख तथा रक्तदान कार्यक्रमका अध्यक्ष श्री कर्म राज पौडेलले सम्पूर्ण अतिथी गण, सहभागीहरु तथा रक्तदाता हरुलाई धन्यवाद तथा आभार प्रकट गर्नुभएको थियो भने उक्त कार्यक्रममा विभिन्न जीवन बीमा तथा निर्जीवन बीमा कम्पनिका प्रदेश प्रमुखहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रमको संचालन एरिया ब्रान्च मेनेजर श्री कृष्ण पौडेलले गर्नु भएको थियो।