images
images

कटारीमा मेयर श्रेष्ठको पत्रकार सम्मेलन पश्चात उपमेयरको नेतृत्वमा फेरी पत्रकार सम्मेलन

कटारी/ कटारी नगरपालिकाको साउन २७ मा सम्पन्न तेह्रौं नगर सभापछि भएको विवाद अभैm टुंगो लाग्न सकेको छैन् । हिजो मेयर राजेशचन्द्र श्रेष्ठले पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गरे लगत्तै आज फेरी उपमेयर गिता खड्काले पत्रकार सम्मेलन गरी आप्mनो धारणा सार्वजनिक गर्नुभएको छ ।
मेयर श्रेष्ठको पत्रकार सम्मेलनको धारणाहरु निराधार रहेको आरोप लगाउँदै उपमेयर खड्काले आप्mनो विवाद भनेको एककरोड ७६ लाखको रहेको बताउनुभयो । ‘हाम्रो डिवेट भनेको एककरोड ७६ लाख पैसा नियमित रुपले जुन सिस्टमबाट चल्नुपर्ने त्यताबाट चलोस , अनियमितता नहोस सहि ठाउँमा प्रयोग होस,।’उपमेयर खड्काले भन्नुभयो ,‘अरु विषय साझा विषय हो सवै कुरामा हाम्रो सहमति हो , हाम्रो विमति हो यसको जवाफ नगर प्रमुखले दिनुपर्यो ।’
अनावश्यक टिप्पणी आदेशबाट उक्त रकम खर्च गरेर , अनियमितता गरेर स्थानीय सरकार नचल्ने उपमेयर खड्काको भनाई थियो । त्यसैगरी उपमेयर खड्काले आफुहरु कुनै पनि दलगत स्वर्थमा आधारित नरहेको बताउनुभयो । उपमेयर खड्काले हिजो मेयर श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले पत्रकार सम्मेलनमा दिएको अभिव्यक्ति प्रति गम्भिर ध्यानाकर्षण भएको पनि बताउनुभयो ।
उपमेयरले पनि टिप्पणी उठाएर खर्च गरेको छ भन्ने हल्ला छ भन्ने प्रश्नमा उपमेयर खड्काले टिप्पणी उठाएर खर्च नगरेको बताउनुभयो । ‘बहुमतको दम्भ देखाएका छैनौं , बहुमत र पार्टीगत रुपमा कुनै कुरा नभएको र सत्य ,तथ्यमा आधारित भएका छौं ।’उहाँले भन्नुभयो ,‘हामीसँग काँग्रेसबाट निर्वाचित अध्यक्ष हुनुहुन्छ , एकीकृत समाजवादीका अध्यक्ष हुनुहुन्छ यो पार्टीगत दम्भ हो ?’
समग्र नगरवासीको हितका लागि आफुहरु जोडिएको उपमेयर खड्काको भनाई थियो । पत्रकार सम्मेलनमा उपमेयर खड्काले बहुमत र अल्पमत नभई झुट र अन्यायको विरुद्धमा रहेको बताउनुभयो । सम्मेलननमा उपमेयर खड्काले हिजोको पत्रकार सम्मेलनमा मेयर श्रेष्ठ र प्रशासकीय अधिकृत भट्टराईले पत्रकारको जवाफमा दिएको जवाफहरु निराधार रहेको आरोप समेत लगाउनुभयो । पत्रकारलाई समेत झुक्याएको उपमेयर खड्काले बताउनुभयो । पत्रकार सम्मेलनमा कटारी , १ , २ , ४ , ५ , ६ , ९ , १० , ११ , १३ र १४ नम्बरका वडाध्यक्षहरु , कार्यपालिका सदस्य तथा वडासदस्यहरुको समेत उपस्थिति रहेको थियो ।