कटारी/ कटारी नगरपालिकाको गएको २७ साउनमा तेह्रौं नगर सभा सम्पन्न भएपश्चात विभिन्न विवादहरु आएको समाचार तथा सामाजिक संञ्जालमा पोष्टहरु आएको भन्दै आज पत्रकार सम्मेलन गरिएको छ । पत्रकार सम्मेलनमा विज्ञप्ति जारी गर्दै मेयर श्रेष्ठले सम्पन्न नगर सभामा उपमेयर गिता खड्काले आगामी आर्थिक वर्षको नीति , कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको र हलले ताली बजाएर पारित गरेको बताउनुभयो ।
मेयर श्रेष्ठले पारित बजेट अनुसार गएको आर्थिक वर्षको आय व्यय तथा आगामी आर्थिक वर्षका लागि प्रस्तुत सभाले पारित गरेको बजेट नीति तथा कार्यक्रमको बारेमा संक्षेपमा प्रस्तुत गर्नुभयो । सभा सम्पन्न भएपश्चात सभाहलबाट वाहिरिएपछी विभिन्न विवादहरु भएकोबारे जानकारी प्राप्त भएको मेयर श्रेष्ठको भनाई थियो ।
सभा सम्पन्न भएपश्चात मेयर श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईलाई सामाजिक संञ्जाल तथा विभिन्न मिडियाहरुमा निराधार हल्ला , पैmलाई भ्रामक प्रचार गरी चरित्र हत्या गर्ने गरी अफवाह पैmलाईएको बारे ध्यानाकर्षण भएको पनि मेयर श्रेष्ठले बताउनुभयो । त्यसैगरी सामाजिक संञ्जालमा पैmलिएको टिप्पणी आदेशबाट एककरोड ७६ लाख खर्च भएको बारे प्रष्ट पार्दै मेयर श्रेष्ठले नगरपालिकाको आवश्यक र जनताको हितमा भएको काममा खर्च भएको बताउनुभयो । यस विषयमा अध्ययन गर्न सवैलाई अनुरोध गर्दै यदि हल्ला पैmलिएजस्तो अनियमितता भएको प्रमाणित भए आफुले राजनीति नै छोड्ने प्रतिवद्धता समेत जनाउनुभयो । आवश्यकता बमोजिम खर्च गरेको बताउँदै अनियमितता भएको पाईए आफुले राजनीतिनै त्यागिदिने मेयर श्रेष्ठले बताउनुभयो ।
मितव्ययिता र अनियमितता अन्त्य गरिरहेको नगरपालिकाले जनाउँदै मेयर श्रेष्ठले बहुमतको दम्भ र गुटको दम्भमा चरित्रहत्या गर्न खोजिएको बताउनुभयो । त्यसैगरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले समयमै नगर सभा सम्पन्न गराउन प्रयास गरेपनि पटक पटक कार्यपालिका वैठक वोलाउँदा कार्यपालिका सदस्यहरु उपस्थित नभएको बताउँदै ढिलैभएपनि सभा सम्पन्न भएको भन्दै आफुले सभा सम्पन्न भएपश्चात मन्त्रालयलाई जानकारी गराएको बताउनुभयो ।
नगरसभा सम्पन्न भएपश्चात राति आप्mनो कोठामा गएको बताउँदै अधिकृत भट्टराईले दैनिक आफु कार्यालयमा आएको हाजिर गरेको र सिसी क्यामेरामा पनि हेर्न सकिने बताउँदै हुँदै नभएको हल्ला पैmलाईएको बताउनुभयो । त्यसैगरी माईन्युटको सन्दर्भमा कानुन अनुसार त्यसलाई सुरक्षित रुपमा अधिकृतले राख्नुपर्ने भएकाले कार्यालयमा राखेर गएको बताउनुभयो । नगरसभाले निर्णय गरेपछि सरकारी सम्पत्तिको जिम्मा लिने अधिकार पाएकाले कार्यालयमा राखेको अधिकृत भट्टराईको भनाई थियो ।
टिप्पणी आदेशका बारेमा वोल्दै अधिकृत भट्टराईले विनियोजन ऐन २०८० र नेपालको प्रचलित कानुन बमोजिम गरेको बताउनुभयो । यसमा अनियमितता भएको भए सम्वन्धित निकाय गएर प्रमाणित गर्न पनि चुनौती दिनुभयो । २७ साउनमा सम्पन्न तेह्रौ ं नगर सभाले छयासी करोड एकासी लाख चौसट्ठी हजार आठसय त्रिचालिस रुपैंयाको बजेट सार्वजनिक गरेको हो । सभाका अध्यक्ष मेयर राजेशचन्द्र श्रेष्ठले सभाको समापन गरेपश्चात सभा सकिएको थियो । सभा सकिएको केहि समय पश्चात कार्यपालिकाका सदस्यहरुले विरोध जनाई विवाद उत्पन्न भएको थियो ।