images
images

कटारी नगरपालिकाको तेह्रौं नगर सभा सम्पन्न , छयासी करोड बढीको बजेट सार्वजनिक

कटारी / कटारी नगरपालिकाको तेह्रौ नगर सभा आज सम्पन्न भएको छ । सभाले छयासी करोड एकासी लाख चौसट्ठी हजार आठसय त्रिचालिस रुपैंयाको बजेट सार्वजनिक गरेको हो ।
सभामा बजेट सार्वजनिक गर्दै कटारी नगरपालिकाका उपमेयर गिता खड्काले सशर्त अनुदान चालु तर्पm संघिय सरकारको कार्यक्रम मार्पmत चालिस करोड छैसट्ठी लाख पचपन्न हजार रुपैंया , सशर्त अनुदान पुँजीगत तर्पm एककरोड सत्तरी लाख बाईस हजार , समपुरक अनुदान एककरोड दशलाख विशेष अनुदान , एककरोड वीस लाख रहेको सार्वजनिक गर्नुभयो । त्यसैगरी प्रदेश तर्पm सशर्त अनुदान चौहत्तर लाख अटतिस हजार सशर्त अनुदान पूँजीगत तर्पm एककरोड चौहत्तर लाख अन्ठाउन्न हजार समपुरक अनुदानमा एककरोड तिस लाखको बजेट सार्वजनिक गर्नुभयो ।
त्यसैगरी सम्मानिकरण संघ तर्पm १२ करोड ६६ लाख ६० हजार राजश्व वाँडफाँड संघबाट कार्यालय पूँजीगत खर्च ४० लाखको बजेट सार्वजनिक गरिएको थियो । बजेट अनुसार १४ वडामा ९ करोड ९२ लाख पठाईएको छ । जस अनुसार वडाको भूगोल हेरी सत्तरी देखि एकहत्तर लाखसम्म वडामा वजेट पठाईएको छ । नीति तथा बजेटलाई पारित गरिदिन मेयर राजेशचन्द्र श्रेष्ठले राख्नुभएको प्रश्ताव हलले ताली बजाएर पारित गरेको थियो ।
सभालाई सम्बोधन गर्दै मेयर श्रेष्ठले विगतको उपलब्धीहरुबारे जानकारी गराउनुभयो । त्यसैगरी मेयर श्रेष्ठले निर्वाचित भएपछी आफुहरु कुनै पनि दलको नभई साझा भएकाले नगरलाई समृद्ध बनाउन सवै लागिपर्नुपर्ने बताउनुभयो । नगरपालिकामा सवैको प्रयासले हालसम्मको उपलब्भि भएको मेयर श्रेष्ठको भनाई थियो ।
कार्यक्रममा वोल्दै वडाध्यक्षहरुले असार १० मा हुनुपर्ने नगर सभा ढिलो हुनुमा सवैजना जिम्मेवार रहेको बताएका थिए ।