कटारी/ शुभारम्भ समाज नेपाल कटारीले आज वेवारिसे अवस्थामा रहेका ३ जना वालिकाहरुलाई परिवारको जिम्मा लगाएको छ । उदयपुरगढी गाउँपालिका वडा नम्बर २ का ११ वर्षिय सरस्वती खड्का , १२ वर्षिय वालकुमारी खड्का र १३ वर्षिय गोमा मगरलाई परिवारको जिम्मा लगाईएको समाजका अध्यक्ष सविता मगरले बताउनुभयो ।
मगरका अनुसार उनीहरुलाई धादिङ्गमा वेवारिसे अवस्थामा फेला पारेपछी चितवन प्रहरीले चितवनकै दियालो परिवार नामक संस्थालाई जिम्मा लगाएको थियो । दियालोले शुभारम्भलाई पत्र पठाएपछी शुभारम्भले परिवारको खोजि गरेको हो ।
परिवारको खोजि गर्दा उदयपुरगढी २ मा परिवार रहेको थाहा पाएपछी संस्थाले कटारीमा ल्याएर सरस्वती र वालकुमारीलाई काका रामजी खड्का र गोमालाई आमा देवी कुमारी मगरको जिम्मा लगाएको हो । सरस्वती र वालकुमारीको बुवा हरिवहादुर खड्का र आमा रमिला खड्का नै सम्पर्क विहिन अवस्थामा रहेका छन् ।
उनीहरुमध्ये हरिवहादुर खड्काले अन्य विवाहा गरेर हिंडेको र रमिला पनि अन्य नै विवाहा गरी हिंडेकोले सम्पर्क विहिन भएको स्थानीय बताउँछन् । वुवा आमा नै सम्पर्क विहिन भएपछी काठमाडौं हुँदै वालिकाहरु वेवारिसे अवस्थामा चितवन पुगेका थिए ।
उनीहरुलाई हिजो कटारी ल्याई आज परिवारको जिम्मा लगाईएको हो । आगामी दिनमा परिवारको सवै जिम्मेवारी निभाउने गरी परिवारको सदस्यलाई जिम्मा लगाएको पनि समाजका अध्यक्ष मगरले बताउनुभयो ।