
कटारी / ७ वर्षपछि कटारीका कृष्ण थापा फेरी नेकपा एमालेमै फर्किनुभएको छ । हिजो एमालेका महासचिव शंकर पोखरेलले पार्टी कार्यालय च्यासलमा एक कार्यक्रमकावीच एमालेमा प्रवेश गराउनुभयो ।
एकदशकअघि कटारी क्षेत्रमा एमालेका चलायमान नेताका रुपमा चिनिनुहुन्थ्यो कटारी , ४ का कृष्ण थापा ,थापा तत्कालिन कटारी गाविस वडा नम्बर ७ बाट २०५४ को स्थानीय निर्वाचनमा एमालेबाट वडाध्यक्षमा प्रतिशतका आधारमा सर्वाधिक मत ल्याएर निर्वाचित हुनुभएको थियो । त्यो त्यहि निर्वाचन हो जसमा कटारीका पूर्व मेयर ज्ञानेन्द्र श्रेष्ट एमालेबाटै कटारी वडा नम्बर ४ बाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
७ वर्षअघि निर्वाचनकै समयमा केहि मतभेद भएपछी थापाले एमाले छोड्नुभएको थियो । ‘त्यो वेला मेरो पनि गल्ति थिएछ , पछुताएँ त्यो गल्तिको सजाय पनि भोंगे र मुलघरमै फर्किएँ ,’थापाले भन्नुभयो ,‘यो सात वर्षमा पनि मैले एमालेका साथीहरुसँग कहिले जयनेपाल भनिन अभिवादन कमरेड नै भनेको हुँ ,’
एमाले छोडेपछी थापा काँग्रेसका कृयाशिल हुनुभएको थियो । काँग्रेसमा थापा उदयपुर क्षेत्र नम्बर २ को प्रदेश‘ ख ’को सभापतिमा समेत निर्वाचत हुनुभएको थियो । सभापतिकै जिम्मेवारीमा रहँदा दोस्रो स्थानीय निर्वाचन भयो । थापाले काँग्रेसबाट उमेद्वार वन्न पाउनुभएन ।
त्यसपछी कटारी नगरपालिकाको उपमेयरमा स्वतन्त्र उमेद्वारी दिनुभयो र पराजित पनि हुनुभयो । पार्टी विपरित उमेद्वारी दिएपछी काँग्रेसले थापालाई कार्वाही गर्यो , र थापा स्वतन्त्र भए ।
थापाले कुनै पनि पार्टी प्रवेश नगरी स्वतन्त्र नै अवस्थामा रहेका समयमा एमालेमा प्रवेश गर्नुभएको हो । यहि वेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्यताको पनि फोटो सार्वजनिक भईरहेका वारे थापाले आफु रास्वपामा प्रवेश नै नगरेको बताउनुभयो । ‘सामथ्र्य थापा भन्ने मेरो एउटा आफन्तैले के त्यसै वसिराख्नु भन्थ्यो , फेसबुकबाट फोटो तानेर सदस्यता फाराम भरिदिएको रहेछ त्यो मलाई पनि थाहा थिएन् ,’थापाले भन्नुभयो ,‘अहिले पो थाहा पाएपछी गालि गरिदिंए ।’
मुल घर फर्किएको र आफुलाई पार्टीले जुन जिम्मेवारी दिन्छ त्यहि भूमिकामा काम गर्ने थापाल ेबताउनुभयो ।