कटारी / आज साउनको दोस्रो सोमबार कटारी , ३ ताराघारी स्थित महादेव गुफामा विहानैदेखि भक्तजनहरु पुजाआराधनाका लागि पुगिरहेका छन् । पछिल्लो समय धार्मिक पर्यटनको गन्तब्य बन्दै गएको महादेव गुफामा कटारी आसपासका स्थानीय तह साथै सिन्धुलीको दुैधौली नगरपालिकाट विहानैदेखि पुजाआराधनाका लागि दर्शनार्थीहरु आईरहेका छन् ।
गुफा व्यवस्थापन समितिका अनुसार यहाँ वर्षैपिच्छे प्रत्येक साउने सोमबार पुजा आराधनाका लागि आउनेहरुको घुईचो लाग्ने गर्दछ । साउने सोमबार भगवान शिवको आराधनाका लागि विशेष मानिन्छ ।
शिवपुराणका अनुसार यस दिन व्रत र पूजा गर्नाले सबै प्रकारका समस्या हट्न थाल्छन् । यसका साथै परिवारमा सुख–शान्ति छाउनेछ । महाकाल भएकाले शिवको विशेष पूजा गर्नाले दुर्घटना र अकाल मृत्यु हुँदैन् भन्ने जनविश्वास छ ।
शिव पुराणका अनुसार यसै महिनामा शिव पृथ्वीमा अर्थात् ससुरा घरमा आएका थिए । त्यसैले यही मान्यताका आधारमा हरेक वर्ष साउन महिनामा शिव पृथ्वीमा आउनुहुने भनिएको छ ।
त्यसैले यस महिनामा शिवको विशेष पूजा गरिन्छ । यसै मान्यतालाई आत्मसात गर्दै ताराघारी स्थित महादेव गुफामा शिवको पुजा आराधना गर्न आउनेहरुको घुईलो लाग्ने गरेको गुफा व्यवस्थापन समितिका अध्यक्ष रत्नबहादुर सुनुवारले बताउनुभयो ।
कटारी आसपासबाट अटोरिक्सा लगायतका सवारीसाधनहरुमा दर्शनार्थीहरु विहानैदेखि पुगिरहेका छन् । यहाँ पुजा आराधना गर्नाले चिताएको पुग्ने जनविश्वास समेत रहेको छ । यहाँको सुन्दर र शान्त वातावरणमा निर्माण गरिएका संरचनाहरुका कारण पनि यहाँ आन्तरिक र वाह््य पर्यटकहरु आउने गरेका छन् ।


जनता भ्वाइस 








