
कटारी /मधेश प्रदेशको राजधानी जनकपुरधाममा मंगलबार मध्यान्ह एक महिलाले आत्महत्या गरेकी छिन् । जनकपुरधामको वार्ड नं.४ जानकीनगरमा मनिष चौधरीकी श्रीमती अन्दाजी बर्ष ३१ की रिंकी देवीले आफै पासो लागाई आत्महत्या गरेको भनी श्रीमान् मनिष चौधरीले जानकारी गराए ।
तर, मृतकको माईती पक्षले यो आत्महत्या नभई हत्या भएको दावी गरेका छन् । मृतककी बुवा उदयपुरको कटारी नगरपालिका ३ का चन्देश्वर जयसवालले छोरीको बिहे गरेको ७ बर्ष भई सकेको र बर्ष दिन नबित्दै छोरी रिंकीलाई कुटपिट,गालीगलौंज र बिभिन्न किसिमको यातना दिदै आईरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो “मेरो छोरीलाई ज्वाईले बिगतमा पनि बिभिन्न यातना र मारपिट गर्दै माईतबाट पैसा ल्याउनका लागी दवाद दिईरहन्थे , मेरो छोरोले मलाई थाहा नदिईकन दुई चोटी रकम दिए तर ज्वाईको अर्कै स्त्रीसँग सम्बन्ध रहेछ । बिहेको समयमा छोरीलाई १५ तोला सुन दियौं तर उसँग एक आना पनि सुन थिएन त्यो सुन के भयो ? ”
जयसवालले भन्नुभयो “मेरो ज्वाईंले यसअघि मादकपदार्थ सेवन गरि छोरीलाई मारपिट गर्दै पेस्तोल पनि तेस्र्याएको थियो । त्यसबेला हामी आफै आएर परपञ्चायत गरेका थियौं र त्यसबेलामा समाजसेबीहरु क्रमशः संजय सिंह, बिभा ठाकुर र मनोज चौधरीको रोहबरमा परपञ्चायत गरि समस्या सुल्झाएको थियौं, ती पञ्चहरुले अब तपाईको छोरी हाम्रो छोरी भएकाले अब उपरान्त हाम्रो जिम्मेबारी रहेको स्वीकार गरेपछि मात्र हामी त्यहाँबाट फर्केको हौं ।”
मृतकको एउटा ६ बर्षको छोरो पनि रहेको छ । छोरोले आमासँग बुवाले जतिखेर पनि खाली पैसा माग्ने गरेको बताए । आमाले पैसा छैन भनी भन्दा आमालाई बुवाले बेस्सरी लातीले हिर्काउने गरेको ती वालकले बताए । जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाका बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।दोषी पाईए कानुनकी कठघरामा ल्याउने प्रहरीले जनाएको छ ।
मृतकका काका सुरेन्द्र जयसवालले घटनाको निष्पक्ष छानविन गर्नुपर्ने वताउनुभयो । जुन घरमा घटना घट्यो त्यहाँबाट समेत खबर नगरीएको र अन्य व्यक्तिले वोलाएपछी आफु जनकपुरमा पुगेको वताउँदै जयसवालले आत्महत्या दुरुत्साहनमा कार्वाही हुनुपर्ने वताउनुभयो । पटक पटक यातना दिने घटनाहरु घटेको वताउँदै उहाँले कुनै पनि दबावमा नभई निष्पक्ष छानविन हुनुपर्ने वताउनुभयो ।