—ऋषि राई
कटारी / कटारी , ७ मर्जेतपुरमा सौर्य सिमेन्टका लागि चुनढुंगा ढुवानी गर्ने व्यवसायी र स्थानीयवीचको विवाद समाधान हुन सकेको छैन् । गएको असार २९ मा मर्जेतपुरमा अमर मगरको रोहबरमा वसेको स्थानीयहरुको भेलाले उद्योगले विगतमा गरेको सहमति कार्यन्वयन नगरेको भन्दै मर्जेतपुरबाट ट्रिपर चलाउन नदिने निर्णय गरेका थिए ।
त्यसपछी मर्जेतपुरमा अवरोधकावीच दुईदिन अगाडी सिद्धिचरण मल्टिप्रपोजमा आवद्ध ट्रिपर व्यवसायीहरु ट्रिपर लिएर कटारी ८ को चुनढुंगा खानी तर्पm हिनेका थिए । मर्जेतपुरमा अवरोध भएपछी उनीहरुले वल प्रयोग गरेको , धम्की दिएको र स्थानीयलाई निरिह बनाएर ट्रिपर संञ्चालन गरेको स्थानीय सूर्य लामाले बताउनुभयो ।
मल्टिप्रपोजमा आवद्ध व्यवसायीहरुले समस्या उद्योगलाई राख्नुपर्ने तर ट्रिपर चलाउन दिनुपर्ने दावी गरे । लगत्तै त्यसको भोलिपल्ट स्थानीयले मर्जेतपुरको सडक जेसिवी लगाएर भत्काएर अवरोध पुराए । ‘एम्वुलेन्स र साना गाडी आउजाउ गर्न मिल्नेगरी र ट्रिपर चलाउन नमिल्ने गरी वन्द गरेका हौं ,’अवरोधको नेतृत्व गरिरहेका स्थानीय अगुवा अमर मगरले भन्नुभयो ,‘स्थानीयले आप्mनो नम्बरी जग्गा भएको क्षेत्रमा ट्रिपर चल्न नदिने भनेर यसो गरेका हौं ।’
त्यसपछी हिजो पुनः ट्रिपर लिएर गएका व्यवसायीहरुले मर्जेतपुरभन्दा तल्लो क्षेत्रमा कुनै पनि सवारी आउजाउ गर्न नमिल्नेगरी ट्रिपर तेर्साएर सडक अवरोध गरे । ‘कटारी ७ र ८ का स्थानीयलाई नुन किनेर खान पनि नदिने भन्दै धम्की दिएर सडक वन्द गरे ,’सूर्य लामाले भन्नुभयोे ,‘मोटरसाईकल पनि छिर्न नदिने गरी सडक वन्द गरेका छन् ,’
अवरोधका विरुद्ध अवरोध हुन थालेपछी आज प्रहरीले उक्त अवरोध हटाएको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी सुभाष राईले बताउनुभयो । ‘शान्ति सुरक्षा कायम गर्नु हाम्रो जिम्मेवारी हो हामीले अवरोध पुराएका ट्रिपर हटाएर सडक खोलेका छौं ,’अवरोधकर्ताहरुलाई स्थानीय सरकार लगायतका सरोकारवालाहरु समक्ष छलफल गर्न आग्रह गरेको पनि डिएसपी राईले बताउनुभयो ।
यसरी एकआपसमा अवरोधकावीच अवरोध जारी भएपछी द्वन्दको अवस्था सिर्जना भएपनि हालसम्म अप्रिय घटना घटेको छैन् । ट्रिपर लिएर गएका व्यवसायीहरुले गुण्डाको व्यवहार गरेको,स्थानीयलाई धम्की दिएको सूर्य लामाको आरोप छ ।
यता व्यवसायीहरुले भने सूर्य लामा र अमर मगरको व्यक्तिगत स्वर्थले मात्रै अवरोध पुराएको आरोप लगाउँदै आएका छन् । ‘सूर्य लामा आपैm यसअघि सिद्धिचरणको अध्यक्ष थिए त्यतिवेला उद्योगसँग किन यस्तो माग गरेनन् ,’व्यवसायी सविन खानले भन्नुभयो ,‘अस्ति भर्खर आप्mनो ट्रिपर चल्दा सम्म चल्न दिने आप्mनो भुक्तानी पाईसकेपछी वन्द गर्ने , अमर मगर पनि जयश्री मल्टिप्रपोजको शेयरकर्ता हुन अहिले जयश्रीको ट्रिपर नचल्दा अरुको चल्यो भनेर वन्द गर्ने नियतमा खोट छ ।’
स्थानीयको नाममा वन्द गरेपनि लामा र मगर बाहेकका अधिकांश स्थानीय उद्योगको पक्षमा रहेको व्यवसायीहरुको दावी छ । अधिकांस स्थानीय उद्योगसँग सम्वन्धित रोजगारीमा छन् ।असार २९ मा भएको निर्णयमा स्थानीयले उद्योगका लागि अनुमति पाएको ईआईए गरेको मरुवाबाट जाने वनहरुमा रुख पनि कटान भईसकेकाले त्यहाँबाट ट्रिपर चलाउनुपर्ने उल्लेख गरेका छन् ।
त्यसैगरी २०७५ मा उद्योगले स्थानीयको जग्गामा रहेको सडक संञ्चालन गरेवापत मुअव्जा दिने गरेको निर्णय कार्यन्वयन गर्नुपर्ने उल्लेख गरेका छन् ।आज ट्रिपरको अवरोध हटाएपश्चात भोलि कटारी नगरपालिकामा छलफल गर्ने तयारी गरिएको छ । छलफल पश्चात मात्रै सहमति गरेर अघि वढ्ने दुवै पक्षले बताएका छन् ।
यस खानी क्षेत्रबाट चुनढुंगा ढुवानी सुरु भएयता पटक पटक यस्ता विवाद आउने गरेका छन् । विभिन्न स्वर्थ समूहले स्वर्थ पुरा गराउन अवरोध गर्ने गरेको पनि वताईन्छ । पटक पटक भएका सहमतिहरु पुरा भएका छैनन् । यसले आपसी द्वन्द वढाउने गरेको छ ।
एकातिर खानीदेखि तल्लो तहसम्म स्थानीयले विभिन्न मागका साथ वन्द गरिरहन्छन् भने सहमति पश्चात खुल्छ तर दिर्घकालिन समस्या समाधान हुन सकेको छैन् । यस्ता विवाद दिर्घकालिन समाधानका लागि दह्रो पहल गर्न सक्ने सरोकारवाला निकाय पनि देखिएका छैनन् ।यतिको विवाद र झण्डै झडपको सिर्जनाहुँदा सम्म पनि जनप्रतिनिधिहरुले यसलाई समाधान तर्पm अघि वढ्ने पहल गरेको देखिन्दैन् ।
पटक पटकको विवाद पश्चात झडप र कुनै अप्रिय घटना घटे यसको जिम्मेवारी न उद्योगले लिने र न स्थानीय सरकारले लिने छ त्यसैले स्थानीय र यस सँग सम्वन्धित नै स्वयं जिम्मेवार र संयमित भएर अघि वढ्नुपर्ने देखिन्छ ।उद्योगले कटारीकै ढुवानी कर्ता र कटारीकै स्थानीयलाई दोहोरो भिडाएर स्वर्थ पुरा गर्दैछ भने व्यवसायी ट्रिपर संञ्चालन गरेर आम्दानी लिने , स्वर्थ समूह स्वर्थ पुरा गर्ने तर्पm मात्रै दौडिने हो भने न कहिले पनि समस्या समाधान हुनेछैन् ।


जनता भ्वाइस 








