कटारी / कटारीमा निर्माणाधिन वुद्धको मुर्तीले अहिले सामाजिक संञ्जाल तातिएको छ । यसको स्वरुप वुद्धको जस्तो नभएको भन्दै यसको आलोचना भएको हो ।
अहिले यसको स्वरुप वुद्धको भन्दा फरक जस्तो देखिएको पनि छ । यसको स्वरुपलाई अन्तिम रुप दिन वाँकी रहेको र अन्तिम रुप दिंदा वुद्धको स्वरुप वन्ने निर्माणमा संलग्न अनिल तामाङ्गले बताउनुभयो ।‘त्यसको फेस क्लियर गर्नै वाँकी छ , त्यहि भएर छोपेर राखेका हौं ,’उहाँले भन्नुभयो ,‘खत बाँधेर फेस निकाल्ने काम नै वाँकी छ ,’
तामाङ्गका अनुसार थोरै समयमा काम गरिएको हो । ‘ ६ महिना जति लाग्ने काम हतारमा गर्न लगाएका थिए त्यसैले २० दिन जतिमा त्यहाँ ल्याएर उभ्याएका मात्रै हौं ,’उहाँले भन्नुभयो ,‘त्यसको फेस यहि मिलाउनु पर्ने थियो तर सरकारी काम समयमै सक्नुपर्ने दबाव भएपछि फेस नमिल्याई उभ्याएका मात्रै छौं ।’
उहाँका अनुसार थप तीनदिन स्वरुप निकाल्ने र रंगरोगनको काम बाँकी छ । ‘कोही कसैले पनि नसकेपछी हामीसम्म आएका रहेछन् हामीले यति छोटो समयमा पानी पनि नभनि ल्याएर उभ्याएका छौं ।’उहाँले भन्नुभयो , ‘कालीगढहरुको व्यस्तताकावीच काम गरेका हौं फिनिसिंग भएपछी स्वरुप निस्किहाल्छ , अहिले स्वरुप छैन भन्ने हामीलाई पनि थाहा छ त्यहि भएर छोपेर राखेका हौं ।’
कटारी , ३ का वडाध्यक्ष पुष्कर खड्काले वास्तविकता नबुझी सामाजिक संञ्जालमा आलोचना भईरहेको बताउनुभयो । ‘नगरपालिकाले सम्झौता गरेर गरेको काम हो वडाको काम पनि हैन् हामीले पनि निगरानी गरिरहेका छौं ।’वडाध्यक्ष खड्काले भन्नुभयो ,‘काम सकिएकै छैन् निर्माणकर्तालाई भनिरहेका छौं फेस निकाल्ने वाँकी छ भनेका छन् । ’
कटारी नगरपालिकाले ९ लाख ९० हजारमा यो वुद्धको स्तम्भ राख्ने सम्झौता गरेको थियो । यहाँ स्तम्भ राख्ने काम अघिल्लो जनप्रतिनिधिहरुको कार्यकालमा नै सुरु भएको थियो ।
स्तम्भ राख्नका लागि निर्माणकर्ता कालिगढहरुको खोजि गरिएको थियो । त्यस क्रममा कटारी , ४ का वडाध्यक्ष भूपेश तामाङ्ग मार्पmत निर्माणकर्ताहरु खोजि गरी सम्पर्कमा ल्याई वडा नम्बर ३ का अध्यक्ष खड्काले नगरपालिकाका प्राविधिक ओम मिश्रसँग समन्वय गराएर काम अघि बढाईएको थियो ।
निर्माणकर्ता तामाङ्गले आफुहरु कुनै पनि ठूला कम्पनी नभई सामान्य ठेक्कापट्टा गर्ने र कालीगढहरुसँग मिलेर मुर्तीहरु निर्माण गर्ने वताउनुभयो । विभिन्न स्थानमा भव्य वुद्धको मुर्ती बनाएको वताउँदै यहाँ छोटो समयमा गरिएको काम अभैm नसकिएको र सकिएपछी वुद्धको स्वरुप आउने बताउनुभयो । कटारी ३ स्थित मदनभण्डारी राजमार्ग र सिद्धिचरण राजमार्ग जोडिएको स्थानमा वुद्ध स्तम्भ निर्माण भईरहेको हो ।