images
images

कटारीमा आकर्षक वुद्धको स्तम्भ राखिंदै

कटारी/कटारी बजारको प्रवेशद्वारमा निर्माणाधिन वुद्धको स्तम्भ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । वुद्धको स्तम्भ राखिएको छ भने रंगरोगनको काम मात्रै वाँकी रहेको छ । उक्त काम पनि तत्काल सकिनेछ ।
मदन भण्डारी राजमार्ग र सिद्धिचरण राजमार्ग जोडिने स्थान रहेको कटारी ३ मा वुद्धको आकर्षक स्तम्भ राखिएको हो । कटारी नगरपालिकाको ९ लाख ९० हजार लागतमा स्तम्भ राखिएको हो ।कटारी नगरपालिकालाई यस स्तम्भले आप्mनै पहिचान बनाउने मेयर राजेशचन्द्र श्रेष्ठले बताउनुभयो । रंगरोगनको काम सकिएपछी स्तम्भको अनावरण गर्ने तयारी गरेको नगरपालिकाले जनाएको छ ।
यसले कटारी बजारको पहिचानलाई थप आकर्षित बनाउने कटारी वडा नम्बर ३ का अध्यक्ष पुष्कर खड्काले बताउनुभयो । मदन भण्डारी राजमार्गबाट आउजाउ गर्ने र सिद्धिचरण राजमार्गबाट आउजाउ गर्नेहरु एकआपसमा छुट्टिने स्थान कटारी बसपार्क नजिकै स्तम्भ निर्माण गरिएको हो ।
यसले कटारी बजारको आकर्षण बढ्ने र कटारीलाई चिनाउन मदत गर्नेछ । ट्राफिक चेकपोष्ट रहेको चोकमा बुद्धको स्तम्भ राखिएको हो । अघिल्लो जनप्रतिनिधिहरुको कार्यकालमा नै यहाँ वुद्धको आकर्षक स्तम्भ राख्ने तयारी गरिएको हो ।