images
images

सर्पले टाेकेका विरामीहरूकाे ज्यान वचाउँदै कटारी अस्पत्ताल

अस्पत्तालमा सर्पकाे टाेकाईबाट उपचार गराईरहेकी पार्वती श्रेष्ठकाे अवस्थाबारे जानकारी लिंदै कटारीका मेयर राजेशचन्द्र श्रेष्ठ ।
कटारी / तीनदिन अघि मकै नङ्ग्याउँदै गर्दा गोमन सर्पले टोकेपछी सिन्धुलीको दुधौली नगरपालिका , ७ सुगारेका २२ वर्षिय पार्वती श्रेष्ठलाई उदयपुरको कटारी अस्पत्तालमा ल्याईयो । तत्काल अस्पत्ताल आईपुगेका पाण्डेलाई त्यसपछी लक्षण देखा पर्न थाल्यो ।
लक्षण देखापछी अर्धचेत अवस्थामा पुगेका उहाँ अहिले नयाँ जीवन पाएको अनुभव गरिरहनुभएको छ । ‘अभैm वाच्नु लेखेको रहेछ अव ठिक भएँ ,’उहाँले भन्नुभयो , ‘टोकेको वीस मिनेट जतिमै अस्पत्ताल आईपुगिसकेको थिएँ ।’
कटारी नगरपालिका , ८ का ४२ वर्षिय श्यामकुमारी तामाङ्गलाई पनि घाँस काट्न जाँदा औंलामा सर्पले टोक्यो । तत्काल अस्पत्ताल आईपुग्नुभएका उहाँलाई पनि कटारी अस्पत्तालको उपचारले वचाउन सफल भयो ।
यस अघि ओखलढुंगाको मानेभञ्ज्याङ्ग गाउँपालिका ४ का ६५ वर्षिय हस्तमाया राई पनि सर्पको टोकाईबाट हात सुन्निएको अवस्थामा अस्पत्ताल आईपुग्नुभएको थियो । उहाँलाई पनि कटारी अस्पत्तालले उपचार गरेर घर पठायो ।
यी प्रतिनिधि घटना मात्रै हुन् । कटारी अस्पत्तालले अघिल्लो आर्थिक वर्षदेखि सर्पदंशको उपचार गर्न सुरुगरेपछी धेरैको ज्यान जोगाएको छ । ‘अघिल्लो आर्थिक वर्षमा एकसय पैंतालिस जना सर्पदंशको विरामीको उपचार गरेछौ ।’अस्पत्तालका मेडिकल सुपरिडेण्टेड डाक्टर गौरब साहले भन्नुभयो ,‘यो वर्षको सुरुआतमै ६५ जनाको उपचार गरिसक्यौं ।’
डा.साहका अनुसार यहाँ अहिले उदयपुरको कटारी आसपासका अलावा , सिन्धुली , खोटाङ्ग र ओखलढुंगाबाट सर्पदशंका विरामीहरु उपचारका लागि आउने गरेका छन् । ‘खोटाङ्ग र ओखलढुंगाका जिल्ला अस्पत्तालले कटारी अस्पत्ताल नै भनेर रेफर गरेका घटना छन् ,’डा.साहले भन्नुभयो ,‘विषालु सर्पले टोकेका देखि सर्पले टोकेको शंका लागेका विरामीहरु समेत तत्काल अस्पत्ताल आईपुग्ने गरेका छन् ,’
अघिल्लो आर्थिक वर्षको सुरुआतमा कटारी अस्पत्तालले जोखिम मोलेरै सर्पदंशको उपचार सुरुआत गरेको थियो । ‘सरकारी अस्पत्तालमा सर्पदंशको उपचार गर्न सम्भव होला र भन्ने जोखिम थियो ।’कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले भन्नुभयो , ‘आउने समस्यको समाधान गर्न हामी तयार भएपछि उपचार सुरु गरेका थियौं ।’
कटारी र सिन्धुलीको पूर्वीभेग नजिक रहेको यो क्षेत्र विषालु सर्पको जोखिम क्षेत्र हुन् । वर्षेनी सर्पको टोकाईबाट ज्यान जाने यस क्षेत्रमा अस्पत्तालले उपचार गराएपछी सर्पदंशबाट ज्यान जानेको संख्या कम भएको छ ।
सर्पदंशको उपचारका लागि कोशी प्रदेशको आपुर्तिबाट अस्पत्तालले दुईसय भाईल औषधि ल्याएको थियो । ‘अहिले पनि एकसय पचास भाईल हामीसँग संञ्चित छ ।’सुपरिडेण्टेड डा.साहले भन्नुभयो ,‘अहिलेसम्म एकजनामात्रै रेफर गरेका छौं सवैको उपचार यहि सम्भव भएको छ । ’
यस अस्पत्तालमा गोमन , करेट , हरेउ जस्ता विषालु सर्पले टोकेको विरामीहरु आउने गरेका छन् । अस्पत्तालले समय समयमा सर्पदंशबाट वच्ने उपायहरुबारे चेतनामुलक कार्यक्रमहरु समेत गर्ने गरेको छ ।