images
images

किन आएन १० असारमा बजेट ? मेयर श्रेष्ठ भन्छन छिट्टै ल्याउने तयारीमा छौं

कटारी/ संघ, प्रदेश र स्थानीय तहले तोकिएको समयभित्र नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने संवैधानिक तथा कानूनी व्यवस्था छ। यस अनुसार, संघीय सरकारले १५ जेठमा, प्रदेश सरकारले १ असार र स्थानीय सरकारले असार मसान्तभित्र बजेट ल्याइसक्नुपर्छ। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले स्थानीय तहको बजेट सम्बन्धित नगर तथा गाउँ सभामा १० असारभित्र पेश गर्नुपर्ने व्यवस्था गरेको छ।
तर कटारी नगरपालिकाले भने १० असारमा बजेट ल्याउन सकेन । तोकिएको समयमा बजेट ल्याउन नसकेको भन्दै अहिले नगरवासीहरुले आलोचना गर्न थालिसकेका छन् ।
समयमा बजेट ल्याउनका लागि ९ असारमा कार्यपालिका वैठक वोलाईएपनि गणपुरक संख्या नपुगेको नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले बताउनुभयो । ‘पहाडका वडाध्यक्षहरु वर्षाले वाटोमा समस्या भएको भन्दै आउनुभएन ,’मेयर श्रेष्ठले भन्नुभयो ,‘भित्री कुरा थाहा भएन तर वैठकमै कोरम नपुगेपछी निर्णय गर्न सकिएन् ’
बजेट ल्याउनका लागि छलफल भईरहेको र छिट्टै सार्वजनिक गर्ने पनि मेयर राजेशचन्द्र श्रेष्ठले बताउनुभयो । ‘चारपाँचदिन भित्रै बजेट ल्याउने तयारी गरिरहेका छौं ।’उहाँले भन्नुभयो ।
वैठकमा उपस्थित किन उपस्थित हुन सक्नुभएन भनेर गरिएको प्रश्नमा कटारी १० का वडाध्यक्ष क्षेत्रबहादुर खड्काले आफु अस्वस्थ भएकाले उपस्थित हुन नसकेको बताउनुभयो । ‘अलिक सञ्चो भएन र आउन सकिन ’उहाँले भन्नुभयो ,‘अन्य समस्या त थिएन् ’
त्यसैगरी वडा नम्बर १४ का वडाध्यक्ष अम्बरबहादुर मगरले वडामै व्यस्त रहेकाले आउन नसकेको बताउनुभयो । ‘आप्mनै टोल र वडाको योजनाहरु निर्माणमा व्यस्त भएर आउन सकिन् ’उहाँले भन्नुभयो , ‘नियमित कार्यपालिका वैठक पनि वस्न सकिएको छैन् , जेठकै वैठक वसेन यहि समस्या छ ।’
अध्यक्ष मगरले कार्यपालिकाको मासिक नियमित वैठक वस्न नसक्नुका वीचमा पनि आप्mनै वडाको व्यस्तताले आउन नसकेको बताउनुभयो ।
समयमा नगर सभा हुन नसकेपछी बजेटको सिमा निर्धारणमा पहाडी भेगका वडाध्यक्षहरु सन्तुष्ट नरहेको आलोचना भईरहेको छ । समयमा बजेट नल्याएपछी नगरवासीहरुले आप्mनो आगामी आर्थिक वर्षको कार्यक्रम तथा बजेटका बारेमा थाहा पाउन सकेका छैनन् ।
समयमा बजेट नल्याएपछी बजेट नआउनुको कारण सार्वजनिक गर्नुपर्ने भन्दै सामाजिक संञ्जालमा आलोचना हुन थालेको छ ।