कटारी / खेतबारीमा पाखुरी बजाएर पनि घरव्यवहार गर्ने आम्दानी गर्न सकिन्छ । यसको उदाहरण हेर्नका लागि कटारी बजारबाट टाढा पुग्नुपर्दैन , कटारी ४ मरुवाका राजकुमार थापालाई भेटे पुग्छ ।
यो मध्य वर्षामा पनि उहाँको बारीमा लौका , घिरौंला , जतात्यतै फलेका छन् । झण्डै एकविघामा तरकारी खेति गर्दै आउनुभएका थापाले तरकारी खेति सुरु गर्नुभएको डेढदशक भयो । आर्थिकमन्दीको प्रभावका कारण व्यापार खस्केको बताउनुहुने उहाँले अहिले पनि वार्षिक ५ लाखसम्म तरबारीबाटै आम्दानी लिनुहुन्छ ।
मौसम अनुसार च्याउ , हरियो मकै , साग , फर्सीको मुन्टा , करेला , चिप्लेभिन्टी , काउली लगायतका सवै तरकारी खेति गर्दै आउनुभएका उहाँले बजारमा सवै खपत नहुँदा त्यसै खेर फाल्ने परेको समेत बताउनुभयो ।
आप्mनै परिश्रमल े थालेको तरकारी खेतिबाट परिवार पाल्ने घरव्यवहार चलाउने छोराछोरी पढाउने आम्दानी गर्न सकिने उहाँ बताउनुहुन्छ । कटारी बजारमा डोको , साईकल र मोटरसाईकलमा समेत तरकारी वेच्न आउनुहुने उहाँ यसले निकै गर्जो टार्ने बताउनुहुन्छ ।
लामो समय कृषि गरेपनि सरकारी अनुदानको पछि नलागेको बताउनुहुने उहाँले आप्mनो मेहनत नै ठुलो रहेको बताउनुभयो । प्रकृयामा जानुपर्छ भनेर कृषि फर्म दर्ता गरेपनि कार्यालयहरु धाउँदा उल्टै खर्च हुने भएको अनुभव सुनाउनुभयो ।
तरकारी फलाउँदा आनन्त आउने बताउनुहुने उहाँले अन्यलाई खेतिपातीमा समय समयमा रोजगारी पनि दिंदै आउनुभएको छ ।