कटारी/ नेकपा एमाले सम्बद्ध महिलाहरुको संगठन अखिल नेपाल अखिल नेपाल महिला संघ नगर समिति कटारीको दोस्रो अधिवेसन आज सम्पन्न भएको छ ।आज उदयपुर उद्योग वाणिज्य संघको हलमा सम्पन्न अधिवेसनले सावित्रा वोगटीको अध्यक्षतामा नयाँ कार्यसमित चयन गरेको छ ।
समितिको उपाध्यक्षमा गिन्तीमाया ढुंगाना , सचिवमा निर्मला अधिकारी विष्ट , र उपसचिवमा जानुका कार्कीलाई चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा जानुका राउत , पुजा लामा ,सुमित्रा पौडेल , डिकु भट्टराई , बालिका ढुंगेल , धनकुमारी कटुवाल चयन भएका छन् । अधिवेसनेले ५१ सदस्यिय नयाँ समिति चयन गरेको हो ।


जनता भ्वाइस 







