images
images

उदयपुरगढीबाट ६७ किलो गाँजा सहित २ पक्राउ

कटारी / उदयपुरमा ६७ किलो बढी गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरगढी गाउँपालिका–५ अजिग्रे बस्ने ६० बर्षीय लाल बहादुर तामाङ र वडा नं. ८ चुपुम्फा बस्ने ५२ बर्षीय दिल बहादुर तामाङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार मंगलबार जिप्रकाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । उदयपुरगढी गा.पा–७ चियाबारीमा चुपुम्फाबाट दमाई कोटी तर्फ लैजादै गरेको अवस्थामा ६७ किलो २२ ग्राम अवैध गाँजा सहित उनिहरुलाई पक्राउ गरिएको डिएसपी चापागाईले बताउनुभयो । पक्राउ परेका उनिहरुको सम्बन्धमा जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।