-ऋषि राई
कटारी /कटारी बजारको तल्लो र माथिल्लो शाखाबाटोमा मर्मत संहारको काम जारी रहेको छ । सडक बोर्डको लगानीमा मर्मतको काम भईरहेको हो ।
जारी काम गुणस्तहिन भएको स्थानीयले गुनासो गरेका छन् । निर्माण कार्य जारी रहेको उक्त क्षेत्रमा गुणस्तरीय काम हुन नसकेको भन्दै सामाजिक संञ्जाल फेसबुकमा हिजो स्थानीय विकल बरालले भिडियो पोष्ट गर्नुभएको थियो ।
बरालले पोष्ट गर्नुभएको २१ सेकेण्डको भिडियोमा वन्दै गरेको कालोपत्रेको काम हातले नै उप्किएको देखिएको छ ।‘मेयर सहितको अनुगमन टोलीको पिचको अवस्था यस्तो छ ई के हो त यस्तो , कटारी नगरपालिकामा भएको शाखाबाटोको विचको अवस्था है त ’यो समाचार तयार पार्दासम्म यो भिडियो ४२ हजार ६ सयले सामाजिक संञ्जालमा हेरिसकेका छन् ।
यहि भिडियोमा प्रतिकृया राख्दै धेरैले यो कामको गुणस्तरमा प्रश्न गरेका छन् । तीन दिन अघि स्थानीय भानु गिरीले सामाजिक संञ्जाल फेसबुकमै कटारी बजार धुलो मुक्त अभियान नगर प्रमुखको अगुवाईमा थालनी भित्री सडक पिच हुँदै लेखेर कटारीका मेयर राजेशचन्द्र श्रेष्ठ कामहुँदै गरेको स्थानमा तीन वटा फोटोहरु पोष्ट गर्नुभएको थियो ।
बरालको पोष्ट पछी पुनः गिरीले चटके बिरोधबाट सचेत रहौं भन्ने सहितका पोष्टहरु गर्नुभएको देखिन्छ । दुबै पोष्टमा आएका प्रतिकृयाबाट एकातर्पm मेयर श्रेष्ठको आलोचना गर्नेहरु र अर्को तर्पm मेयरको कामको सकारात्मक प्रशंसा गर्नेहरु देखिन्छन् ।
यसबाट हामी के वुभ्mन सक्छौं भने अहिले दुई तर्पm गरी जम्मा एककिलोमिटर भन्दा पनि कम ९ सय मिटर जति काममा पनि जस लिने र लिन नदिनेको जुंगाको लडाई प्रष्ट देखिन्छ । काम भईरहेको छ प्रंशसा गर्न हतारो छ एक पक्षलाई अनि अर्को पक्षलाई यसको विरुद्धमा जवाफ फकाईहाल्न । कामको नतिजा र वास्तविकतासम्म हामी पुगि नै रहेका छैनौं ।
सडक ममंत संहारको काम अम्बिका निर्माण सेवाले गरिरहेका छन् । यसको लागत ६५ लाख रहेको छ । सेवाका संञ्चालक विमल भण्डारीले अहिले काम भईरहेकाले अत्तालिहाल्नु पर्ने अवस्था नरहेको बताउनुभयो । ‘अहिले हामी काम गरिरहेका छौं , अत्तालिहाल्नु पर्दैन कतै त्रुटी देखिए त्यसलाई सुधार्ने समय छ ।’उहाँले भन्नुभयो ,‘स्टमेट अनुसार काम गरिरहेका छौं त्रुटी देखिए त्यसलाई सुधार्ने पनि छौं ।’
यसपछी हामीले कटारी नगरपालिकाका मेयर श्रेष्ठलाई पनि यो बारेमा सोध्यौं ।‘स्टिमेटमा भए अनुसार गुणस्तरीय नै काम भईरहेको छ ।’मेयर श्रेष्ठले भन्नुभयो ,‘यो कामको टेण्डर भगवान जयसवालले पाएका थिए उनले नगर्ने भएपछी दोस्रो कृष्ण भण्डारीलाई पटक पटक अनुरोध गरेर यो काम गर्न लगाएका हौं ।’
स्मिेटको गुणस्तर अनुसार काम भए नभएको नियमित अनुगमन गरिरहेको मेयर श्रेष्ठले बताउनुभयो । गुणस्तरीय कामका लागि प्राविधिक सहित यसको अनुगमन भईरहेकाले यसको वास्तविकता सवैले वुभ्mन पाउनु राम्रो रहेको बताउनुभयो । ‘सवैले चासो राख्नु राम्रो हो तर वास्तविकता बुझेर प्रतिकृया दिएको राम्रो ’मेयर श्रेष्ठले भन्नुभयो ।
यसरी सामाजिक संञ्जालमा एकआपसका फरक फरक पोष्टहरुले काममा निगरानी बढाउनेमा दुईमत छैन् । दुवै पक्षको उत्तिकै महत्व छ यो सँगै सवै मिलेर वास्तविकता सहित विकास निर्माण , शुसासन सवै क्षेत्रमा निगरानि बढाउने वास्तविकता संञ्जाल मार्पmत प्रष्ट पार्न सके नगरको विकासमा भूमिका खेल्न सक्छ ।