images
images

एमाले कटारीको नेतृत्वका लागि भएन सहमति , अध्यक्षमा तीनजनाको उमेद्वारी

कटारी/ नेकपा एमाले नगर कमिटी कटारीको दोस्रो अधिवेसनको वन्द सत्र जारी छ । हिजोसाँझ देखि जारी वन्द सत्र अन्र्तगत निर्वाचनमा मतदान वाहेकका कार्यहरु सकिएका छन् ।
मतदानका लागि भोलि विहान ७ वजेको समय तोकेर आजलाई सवै कार्यक्रमहरु स्थगित भएका छन् । वन्द सत्रले नगर सदस्यहरु निर्विरोध चयन गरिसकेको छ । तर एमाले कटारी हाँक्ने पदाधिकारीहरुमा भने सहमति हुन सकेको छैन् ।
सहमति नभएपछि निर्वाचन मण्डले मनोनयन दर्ता गरी अन्तिम नामावली समेत प्रकाशन गरिसकेको छ । जसमा अध्यक्षका लागि जिवनाथ दाहाल , नेत्रबहादुर श्रेष्ठ र मोहनबहादुर खड्का उमेद्वार छन् । त्यसैगरी उपाध्यक्षका लािग शुसिला कार्की राउत , अम्बरबहादुर तामाङ्ग , क्षेत्रबहादुर खड्का , शोभाकुमारी कार्की र मदनबहादुर वस्नेत उमेद्वार छन् ।
त्यस्तै सचिवका लागि क्षेत्रबहादुर तामाङ्ग , लक्ष्मण बल , लक्ष्मण नारायण श्रेष्ठ , राजकुमार क्षेत्री उमेद्वार छन् भने सह सचिवका लागि तेजबहादुर आले मगर , देवबहादुृर ढुंगेल , पदमलाल मगर उमेद्वार छन् , सह सचिवका लागि तारा तामाङ्ग र निर्मला कुमारी अधिकारी (विष्ट) उमेद्वार वनेका छन् ।
हिजो उदघाटन गरिएको अधिवेसनको वन्द सत्र कटारी स्थित चन्द्र टाकिज हलमा जारी छ । निर्वाचनका लागि निर्वाचन मण्डलले सार्वजनिक गरेको अन्तिम मतदाता नामावली अनुसार दुईसय ५० प्रतिनिधिहरु मतदाता रहेका छन् ।