images
images

काँग्रेस सत्ता वाहिरहुँदा पानीबाट निकालेको माछा जस्तै भएको छ ,एमाले नेता भट्टराई

कटारी/ नेकपा एमालेका पोलिटव्युरो सदस्य विशाल भट्टराईले अहिलेको सत्ता समिकरण नभत्किने बताउनुभएको छ । नेकपा एमाले कटारी नगर कमिटी उदयपुरको दोस्रो नगर अधिवेसनको आज उदघाटन गर्दै एमाले नेता भट्टराईले यो समिकरण मजबुत भएको बताउनुभएको हो ।
निष्चित नीति र कार्यक्रमका आधारमा यो समिकरण निर्माण गरेको उहाँको भनाई थियो ।“वत्तीस महिनाको निरासालाई चिरेर यो समिकरण बनाएका छौं , अव यो भत्किन्दैन् ,”उहाँले भन्नुभयो ,“काँग्रेस चिच्याएर अव यो समिकरण भत्किनेवाला छैन्”
पछिल्लो ईलाम र वझाङ्गको निर्वाचनले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने संकेत गरिसकेको नेता भट्टराईको दाबी थियो । “एमालेले चौरासीको चुनाबमा कोहीसँग गठबन्धन गर्दैन् ,”उहाँले भन्नुभयो ,“गरिहालियो भनेपनि बहुमत सिट हामी राखेर मात्रै गछौं ,”
पुष्पकमल दाहाल प्रचण्ड अहिले प्रधानमन्त्री रहेको र डेढवर्षपछी केपी ओलीको नेतृत्वमा बनेको सरकारले निर्वाचन गर्ने पनि नेता भट्टराईले बताउनुभयो । “अवको निर्वाचन हाम्रो नेतृत्वको सरकारले गर्छ ,”उहाँले भन्नुभयो ,“हामीले निर्वाचन गर्ने भनेको सत्ताको दुरुपयोगका लागि हैन निष्पक्ष निर्वाचनका लागि हो ।”
काँग्रेस सरकारबाट वाहिरिएपछी पानीबाट निकालेको माछा जस्तो छटपटाएको आरोप समेत भट्टराईले लगाउनुभयो । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै गन्तव्य नभएकाले आगामी निर्वाचनमा उमेद्वार उठाउने मान्छे समेत नपाउने दावी समेत नेता भट्टराईले गर्नुभयो ।


उहाँले रास्वापा अराजकहरुको समूह भएको आरोप समेत लगाउनुभयो । त्यसैगरी पहिचानवादीहरुले समेत ईलाममा हार व्यहोर्नुले आगामी निर्वाचनमा एमालेले वहुमत ल्याउने दावी गर्नुभयो ।
त्यसैगरी कार्यक्रममा एमाले कोशी प्रदेश सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य अम्बरबहादुर रायमाझीले समृद्ध नेपाल सुखी नेपालीका लािग एमाले सरकार अपरिहार्य आवश्यकता रहेको बताउनुभयो । स्थानीय तहदेखि केन्द्र सरकारसम्म एमालेले नेतृत्व गरे देशको विकास हुने बताउनुभयो ।
त्यस्तै एमालेका प्रदेश कमिटीका सचिवालय सदस्य तथा उदयपुर निर्वाचन क्षेत्र नम्बर २ का ईन्चार्ज ज्ञानेन्द्र श्रेष्ठले एमालेले नेतृत्व गरेको स्थानीय सरकारले गरेको कामहरुको प्रचार प्रसार हुन नसकेको बताउभयो । त्यस्तै एमाले नेतृ कला घले , हेमा विश्वकर्माले एमाले अनुशासित पार्टी भएको बताएका थिए । दोस्रो नगर कमिटी अधिवेसन आयोजक समितिका संयोजक शोभा कार्कीको सभापतित्वमा उदघाटन समारोह सम्पन्न भएको हो ।