
कटारी / कटारी नगरपालिकाका नगरप्रहरीहरुलाई दिईएको १२ दिने अनुशिक्षण तालिम आज सकिएको छ । सशस्त्र प्रहरी वल नेपाल सुरक्षा वेश कटारीले प्रहरीहरुलाई तालिम दिएको थियो ।
तालिमको आज समापन कार्यक्रममा तालिममा सिकेका कौशलहरु प्रदशर्न गरिएको थियो । कार्यक्रमको समापन गर्दै प्रमुख अतिथि कटारी नगरपालिकाका प्रमुख मेयर राजेशचन्द्र श्रेष्ठले नगर प्रहरीले आप्mनो कर्तव्य जिम्मेवारीलाई स्मरण गराउन तालिमको आयोजना गरिएको बताउनुभयो ।
तालिमको समापनमा सहभाागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । मेयर श्रेष्ठका साथै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले प्रमाण पत्र वितरण गर्नुभयो । कार्यक्रममा कटारीका सुरक्षा निकायका प्रमुखहरुको सहभागीता रहेको थियो ।